दैनिक समाचारदाता
राजविराज, ३० असार ।
नेपाल प्रेस युनियन सप्तरीले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा लगाएको ताला आइतबार खोलेको छ ।
सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा प्रेस युनियनले असार १४ गते महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखा कार्यालयमा ताला लगाएको थियो ।
तालाबन्दीका कारण असार १५ गते केन्द्रीय निर्वाचन समितिले सोही दिन तय उम्मेदवारी दर्तासहितका निर्वाचन प्रक्रिया स्थगित भएको थियो । असार २२ गतेका लागि तय गरिएको निर्वाचन अवरुद्ध भएको थियो । त्यसअघि जेठ २६ का लागि तय गरिएको निर्वाचन तालिका पनि सदस्यता विवादकै कारण अवरुद्ध भएको थियो ।
असार २९ गते शनिबार महासंघ अध्यक्ष विपुल पोखरेल र युनियन अध्यक्ष लम्सालबिच भएको लिखित सहमति बमोजिम उक्त ताला खोलिएको छ । महासंघ र युनियनबिच शनिवार महासंघको निर्वाचन प्रक्रिया अविलम्ब अगाडि बढाउन भन्दै दुई बुँदे सहमति भएको थियो । जसमा मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारहरूको हकमा युनियनले देखाएको चासो र मागलाई सम्बोधन गर्ने र युनियनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ ।
महासंघले प्रक्रियामा आएर छुट्न गएका सक्रिय पत्रकारहरूको नाम समावेश गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
महासंघमा लगाइएको ताला खोलिए
सारांश
- सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा प्रेस युनियनले असार १४ गते महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखा कार्यालयमा ताला लगाएको थियो ।
- तालाबन्दीका कारण असार १५ गते केन्द्रीय निर्वाचन समितिले सोही दिन तय उम्मेदवारी दर्तासहितका निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
- असार २२ गतेका लागि तय गरिएको निर्वाचन अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया