जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग

राजविराज राजविराज
|
सोमबार, मंसिर ३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग

सारांश

  •     पार्टीको नगर कमिटिका उपाध्यक्ष जितेन्द्र कुमार खड्गाद्वारा सोमबार जारि विज्ञप्तिमा नगर परिषद् समयमा नगराई शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारी तथा बृद्धबृद्धाहरुको भत्ता उपलब्ध नगराइएकोमा नगर प्रमुखको मुख्य कमजोरी रहेको ठहर गर्दै सो पार्टीबाट निर्वाचित उपप्रमुख लगायत वडाअध्यक्षलाई नगर सभा गराउन विशेष पहल गर्न आग्रह गरिएको छ ।
  •       जारि विज्ञप्तिमा बैठकले जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माण, विशेष अभियान तथा नगरपालिकाको गतिविधि बारे छलफल गरी सो निर्णयहरु गरिएको उल्लेख छ ।
  •       सोही विज्ञप्तिमा नगरपालिकाका प्रमुखको गलत कार्यनीति तथा संचालनको तरिकाले दर्जनौं बेथितिहरु जन्म लिएको बैठकमा छलफल गर्दै तलब भत्ता नपाएर पीडामा रहेका शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले संचालन गरेको चरणवद्ध आन्दोलनप्रति जसपा नेपाल नगर कमिटी सहनुभुति र ऐक्यबद्धता प्रकट गर्दै भविष्यमा हुने यस्ता जायज संघर्षहरुमा साथ र सहयोग रहने निर्णय पनि गरेको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 

    जनता समाजवादी पार्टी, नेपाल हनुमाननगर कंकालिनी नगरपालिकाको नगर कमिटीले पालिकाको नगरसभा यथासिघ्र गराउन माग गरेको छ । 
    पार्टीको नगर कमिटिका उपाध्यक्ष जितेन्द्र कुमार खड्गाद्वारा सोमबार जारि विज्ञप्तिमा नगर परिषद् समयमा नगराई शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारी तथा बृद्धबृद्धाहरुको भत्ता उपलब्ध नगराइएकोमा नगर प्रमुखको मुख्य कमजोरी रहेको ठहर गर्दै सो पार्टीबाट निर्वाचित उपप्रमुख लगायत वडाअध्यक्षलाई नगर सभा गराउन विशेष पहल गर्न आग्रह गरिएको छ । 
    जारि विज्ञप्तिमा बैठकले जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माण, विशेष अभियान तथा नगरपालिकाको गतिविधि बारे छलफल गरी सो निर्णयहरु गरिएको उल्लेख छ । 
    सोही विज्ञप्तिमा नगरपालिकाका प्रमुखको गलत कार्यनीति तथा संचालनको तरिकाले दर्जनौं बेथितिहरु जन्म लिएको बैठकमा छलफल गर्दै तलब भत्ता नपाएर पीडामा रहेका शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले संचालन गरेको चरणवद्ध आन्दोलनप्रति जसपा नेपाल नगर कमिटी सहनुभुति र ऐक्यबद्धता प्रकट गर्दै भविष्यमा हुने यस्ता जायज संघर्षहरुमा साथ र सहयोग रहने निर्णय पनि गरेको जनाइएको छ ।
    यस्तै नगरपालिकाले विगतमा संचालन गरेको विकाशीय योजनाहरु असन्तुलित र अपारदर्शी रहेको ठहर गर्दै आउने दिनमा विकाशीय योजनाहरुको छनोट, उपभोक्ता समितिको गठन तथा संचालन कार्यविधि अनुसार पारदर्शी किसिमले गर्ने सम्बन्धित सबैलाई सचेत गराउने र यस कार्यहरुप्रति जसपा नेपालका यस नगरका सम्पूर्ण नेता कार्यकर्ता तथा सुवेच्छुकलाई गम्भीर चासो राख्न बैठकले निर्देशन दिने निर्णय गरेको छ ।
    बैठकमा केन्द्रिय अभियन्ता शम्भु झा, पदेन कार्यकारिणी सदस्य जगदेव यादव प्रदेश अभियन्ता विनोद यादव, जिल्ला अभियन्ता निलेश कुमार झा र क्षेत्रिय अभियन्ता हेमनारायण भविशवार यादव, पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह