छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट

राजविराज राजविराज
|
बुधबार, पौष ३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट

सारांश

  •     कुटपिटबाट घाइते हुनेहरुमा गीता देवी साह, रामदुलारी साह र मन्जु कुमारी साह छन् ।
  • तीनै जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
  • राम दुलारी र मन्जु आमा छोरी हुन् ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 

    सप्तरीको रुपनी गाउँपालिका वडा नं. २ बस्ने आमा छोरीसहित तीन महिलामाथि छिमेकीबाट निर्घात कुटपिट गरिएको छ । 
    कुटपिटबाट घाइते हुनेहरुमा गीता देवी साह, रामदुलारी साह र मन्जु कुमारी साह छन् । तीनै जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राम दुलारी र मन्जु आमा छोरी हुन् । 
    गीता देवीको खुट्टा भाँचिएको छ भने रामदुलारी र मन्जुको टाउको, छाती लगायत शरीरको विभिन्न भागमा काटेको घाउ छ ।
    अस्पतालको बेडमा छटपटाइरहेकी घाइते महिलाहरुले अघिल्लो राती ८ बजेतिर छिमेकी गजेन्द्र नारायण सिंह, उदित नारायण मण्डल र शिवशंकर मण्डलले कुटपिट गर्दै यस्तो अवस्थामा पु¥याएको बताएकी छिन् । 
    घाइते मध्येकी गीता देवीले आफु घरमा एक्लै रहेको अवस्थामा पुगेका गजेन्द्र, उदित र शिवशंकरले गलत मनसायले शरीरको लुगा च्यातेर लछारपछार गर्दै बाहिर निकाल्ने प्रयास गरेको बताइन । आफुले प्रतिवाद गर्दै होहल्ला गरेपछि बचाउन आएकी छिमेकी रामदुलारी र मन्जु (आमाछोरी) माथि समेत उनीहरुले चिरपट तथा मुक्का प्रहार गरी घाइते बनाएको उनको कथन छ । 
    अनुहार र टाउकोमा गम्भिर चोट लागेका मन्जुले गीतालाई बचाउन जाँदा मादकपदार्थ सेवन गरेका उक्त समूहले आफु र आमामाथि समेत आक्रमण सुरु गरेको बताइन ।
    गिताका श्रीमान शिवलालले पत्नीको बलात्कारको प्रयास गरिएको र प्रतिवाद गर्दा निर्घात कुटपिट गरिएको दावी गरेका छन् । उनले उक्त घटनाबारे प्रहरीमा मौखिक जानकारी गराइसकिएको तथा कसुर गर्ने व्यक्तिहरुउपर बिहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कारवाहीका लागि किटानी जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह