राजविराज÷हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई नेपाल प्रेस युनियन सप्तरीले शनिबार सम्मान गरेको छ ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्य तथा युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका युनियन सप्तरीका सदस्यहरुलाई सम्मानित गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि काँग्रेस सप्तरीका सभापति साहले निर्वाचित पदाधिकारी, प्रदेश पार्षद, केन्द्रिय पार्षद तथा केन्द्रिय सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले पत्रकारहरुका दक्षताको अभिबृद्धि र पत्रकारीताको विकासका लागी आपृmुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राज्यको चौथो.अंग मानिएको सञ्चारक्षेत्रलाई व्यवस्थित, मर्यादित र पत्रकारको जीवनयापन सहज बनाउन समेत आफुले आफ्नो स्तरबाट पहल गर्ने जनाए ।
सोही कार्यक्रममा पत्रकार महासंघमा महिला सदस्यमा निर्विरोध निर्र्वाचित सदस्य रक्षा चौधरी युनियनमा प्रवेश गरेकी छिन् । उनलाई प्रमुख अतिथि लगायतले फुलमाला अबिर लगाएर प्रवेश गराए ।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव सनत मण्डल, प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष धीरेन्द्र प्रसाद साह, पत्रकार महासंघका नवनिर्वाचीत अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य ललिता कुमारी साह लगायतले पनि आ–आप्mनो सुझाव राखेका थिए ।
युनियनका तर्फ पत्रकार महासंघको अध्यक्षमा श्रवणकुमार देव, महिला उपाध्यक्षमा सुधा देव, कोषाध्यक्षमा नवीनकुमार गुप्ता, सदस्यहरुमा अरुणकुमार यादव, रामनारायण यादवर र परिषकुमार कर्ण निर्वाचित भएका छन् ।
यस्तै प्रदेश परिषद् सदस्यमा गणेशलाल देव, शैलेन्द्र झा, पवन कुमार मिश्र, नरेश कुमार चौधरी र लोकेन्द्र यादव, केन्द्रिय परिषद् सदस्यमा मनोजकुमार माझी तथा केन्द्रिय सदस्यमा ललिता कुमारी साह निर्वाचित भएका छन् ।
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान
सारांश
- सोही कार्यक्रममा पत्रकार महासंघमा महिला सदस्यमा निर्विरोध निर्र्वाचित सदस्य रक्षा चौधरी युनियनमा प्रवेश गरेकी छिन् ।
- उनलाई प्रमुख अतिथि लगायतले फुलमाला अबिर लगाएर प्रवेश गराए ।
- कार्यक्रममा नेपाली काँग्रेसका सचिव सनत मण्डल, प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष धीरेन्द्र प्रसाद साह, पत्रकार महासंघका नवनिर्वाचीत अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य ललिता कुमारी साह लगायतले पनि आ–आप्mनो सुझाव राखेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया