दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
चिसोले जनजीवन कष्टकर बन्दै गएका बेला सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले चिसोबाट अत्यधिक प्रभावित भएका विपन्न वस्तीमा पुगेर न्यानो बाँड्ने अभियान शुरु गरेको छ ।
सशस्त्र प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेवर्साइन नगरपालिका, सप्तकोशी नगरपालिकाका साथै तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका लगायतका विभिन्न चौक र विपन्न वस्ती मै पुगेर न्यानो कपडा र कम्बल वितरण गर्नुका साथै ठाउँ ठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाउन थालेको हो ।
जाडोका कारण कष्टप्रद जीवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै न्यानो लुगा वितरण गर्न थालिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौड्यालले बताए ।
सप्तरीमा प्रत्येक वर्ष जाडोको मौसम गरिब र विपन्न समुदायका लागी ठुलो काल बनेर आउने गरेको छ । यस्तो अवस्थामा विपन्न समुदायको पीडामा मलहम लगाउने प्रयास गरिएको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु
सारांश
- सशस्त्र प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेवर्साइन नगरपालिका, सप्तकोशी नगरपालिकाका साथै तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका लगायतका विभिन्न चौक र विपन्न वस्ती मै पुगेर न्यानो कपडा र कम्बल वितरण गर्नुका साथै ठाउँ ठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाउन थालेको हो ।
- जाडोका कारण कष्टप्रद जीवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै न्यानो लुगा वितरण गर्न थालिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौड्यालले बताए ।
- सप्तरीमा प्रत्येक वर्ष जाडोको मौसम गरिब र विपन्न समुदायका लागी ठुलो काल बनेर आउने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया