कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो

राजविराज राजविराज
|
बिहिबार, माघ १०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो

सारांश

  •     किशोरी बुधवार विहान ६ बजेतरि साईकल चढेर कलेजतर्फ जाँदै गरेको अवस्थामा सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले बलात्कार गरेका हुन् ।
  •       मण्डलले ती युवतीलाई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
  • प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।

    सप्तरीको विष्णुपुर गाउँपालिका ७ की १५ वर्षिया किशोरीलाई कलेज जाँदे गरेको अवस्थामा गाउँ कै एक यूवाले बलात्कार गरेका छन । 
    किशोरी बुधवार विहान ६ बजेतरि साईकल चढेर कलेजतर्फ जाँदै गरेको अवस्थामा सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले बलात्कार गरेका हुन् । 
    मण्डलले ती युवतीलाई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन । 
    विहान बाक्लो हुस्सु लागेको र एकान्त स्थल देखेर पहिलेदेखी नै लुकेर बसेका मण्डलले साइकल रोकेर किशोरीलाई डरत्रास देखाई नहर किनारमा लगी बलात्कार  गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 
    पीडित किशोरी गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको सदरमुकाम राजविराजस्थित वल्र्ड भिजन क्याम्पसमा कक्षा ११ मा अध्यनरत छिन । 
    उक्त अपराधमा संलग्न मण्डललाई बुधवारै साँझ गाउँबाट पक्राउ गरिएको र विहीवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह