बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन

राजविराज राजविराज
|
आइतबार, माघ १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन

सारांश

  •     लगातारको शितलहरको प्रवाह नगरि टाउँकोमा किताबको बण्डल राखेर म्याकिङ गर्दै निस्केका उनी शनिबार दिनभरी राजविराजमा पुस्तक बेच्न व्यस्त थिए ।
  • उनले शनिबार दिनभरीमा ४३ थान पुस्तक बेच्न सफल भएको बताए ।
  •       कृषि प्रधान मुलुकमा किसानका लागि चाहिने कृषि उपकरण उत्पादन गर्ने बिरगंजस्थित कृषि औजार कारखाना विगत ३० वर्षदेखी बन्द अवस्थामा रहेकाले त्यसको पुनःसंचालनका लागि अभियान स्वरुप किताब बेच्न निस्केको उनले जानकारी दिए ।

    राजविराज÷बन्द रहेको बिरगंज कृषि औजार कारखाना पुनःसंचालनमा ल्याउन बैज्ञानिक डा. महाबिर पुन पुस्तक बेच्दै हिडेका छन् । 
    आफ्नै आत्मकथा “सम्झना, सपना र अबिरल यात्रा” नामक पुस्तक बिक्रि गरेर उनले हालसम्म करिब ९ करोड रुँपैया संकलन समेत गरिसकेका छन् । 
    पुस्तक बिक्रिका लागि मेची महाकालि अभियानमा निस्केका डा. पुन शनिबार सप्तरी सदरमुकाम राजविराजमा किताब बेच्दै गर्दा संचारकर्मीहरुले राखेको जिज्ञासमा “विगत ३ सय ७ दिनको अवधीमा १ लाख ५५ हजार ५ थान पुस्तक बिक्रि भइसकेको छ, उनले भने– पुस्तक बिक्रि गरेवापतको रकमले बिरगंजस्थित कृषि औजार कारखाना संचालनमा ल्याउने छु ।”
    लगातारको शितलहरको प्रवाह नगरि टाउँकोमा किताबको बण्डल राखेर म्याकिङ गर्दै निस्केका उनी शनिबार दिनभरी राजविराजमा पुस्तक बेच्न व्यस्त थिए । उनले शनिबार दिनभरीमा ४३ थान पुस्तक बेच्न सफल भएको बताए । 
    कृषि प्रधान मुलुकमा किसानका लागि चाहिने कृषि उपकरण उत्पादन गर्ने बिरगंजस्थित कृषि औजार कारखाना विगत ३० वर्षदेखी बन्द अवस्थामा रहेकाले त्यसको पुनःसंचालनका लागि अभियान स्वरुप किताब बेच्न निस्केको उनले जानकारी दिए । 
    यो अभियान पैसा कमाउनका लागि नभई बिशुद्ध रुपमा किसानहरुको सेवाका लागि भएको उनले स्पष्ट पारेका छन् । 
    बिदाको दिन परेपनि ठण्डिको प्रवाह नगरि नगरका चौक चौक र गल्लि गल्लि चहारेर पुस्तक बिक्रिमा सक्रिय रहेका उनलाई स्थानियले समेत साथ दिएका छन् । 
    शनिबार बिदा परेका कारण रात्री बिश्राम यही गरेर आइतबार विद्यालय, कलेज, पालिका र विभिन्न सरकारी कार्यालय समेत पुगेर पुस्तक बिक्रि गर्ने उनको योजना छ । जसबाट जिर्ण अवस्थामा रहेको बिरगंज कृषि औजार कारखानाको मर्मत सम्भार तथा स–साना किसानको खेती प्रयोजनका लागि प्रयोग गरिने १५ किसिमका औजार बनाएर परिक्षण समेत गरिसकिएको डा. पुनले जानकारी दिए ।
    सरकारी स्वामित्वमा रहेको उक्त कारखानाको बेहाल देखेर आफूले यसलाई पुर्नजिवन दिने अठौटका साथ यो अभियान चलाएको उनले जनाए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
झुन्डिएको अवस्थामा  शव फेला
झुन्डिएको अवस्थामा  शव फेला
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा