वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति

सारांश

  •     बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
  •       विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।
  • ” उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।

    राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । 
    बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 
    विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।” उल्लेख छ । 
    यसबीचमा भावी आन्दोलनका लागि वडा वडामा संघर्ष समितिको गठनको काम भइरहेको जानकारीका साथ विज्ञप्तिमा हालसम्म प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिइएको छ । 
    गत फागुन १८ गते आन्दोलन चर्किदै जाँदा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १५ दिनभित्र बिटौरी तथा ब्लक जग्गा लगायतका समस्या समाधानका लागि काम गर्ने भन्दै ९ सदस्यीय समिति गठन गरि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो । 
    २०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज नगरको ६८ विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय ३३ परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । यसैब विषयलाई लिएर नगरवासीले संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन थालेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
एक हजार दुई सय गाँजा बोट नष्ट
एक हजार दुई सय गाँजा बोट नष्ट
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित