राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

राजविराज राजविराज
|
सोमबार, बैशाख १५, २०८२
|
|
२० पटक हेरिएको
Shares
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

सारांश

  •     बैशाख १२ गतेका दिन संघीय संसदमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले कपोल कल्पित, भ्रामक अभिव्यक्ति राखी संसद, जनता र समाजलाई दिग भ्रमित गरी दुष–प्रचार गर्ने कार्य गरेको भन्दै ज्ञापनपत्र मार्फत कारवाहीको माग गरेको हो ।
  •     नेपाली काँग्रेस सप्तरीको टोलीले आईतवार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै देशको जिम्मेवार पार्टीका अध्यक्षले यसरी वोलेको विषय राजावादीहरुको आन्दोलनमा कोटेश्वर स्थित भाट–भटेनीमा भएको लुट पाटमा नेपाली काँग्रेसको सह–महामन्त्रीको छोराले लुटपाट गरेको भनी अमर्यादित भनाई प्रति हाम्रो गम्भिर आपत्ती रहेको जनाएको छ ।
  •       “राजेन्द लिङ्देनको सो कदमले नेपाली जनताको बलीदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्रलाई कमजोर गर्ने दुष्प्रयास गरेको हामीले महसुस गरेका छौ” ज्ञापनपत्रमा भनिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ गते ।

    नेपाली काँग्रेस सप्तरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
    बैशाख १२ गतेका दिन संघीय संसदमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले कपोल कल्पित, भ्रामक अभिव्यक्ति राखी संसद, जनता र समाजलाई दिग भ्रमित गरी दुष–प्रचार गर्ने कार्य गरेको भन्दै ज्ञापनपत्र मार्फत कारवाहीको माग गरेको हो ।
    नेपाली काँग्रेस सप्तरीको टोलीले आईतवार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै देशको जिम्मेवार पार्टीका अध्यक्षले यसरी वोलेको विषय राजावादीहरुको आन्दोलनमा कोटेश्वर स्थित भाट–भटेनीमा भएको लुट पाटमा नेपाली काँग्रेसको सह–महामन्त्रीको छोराले लुटपाट गरेको भनी अमर्यादित भनाई प्रति हाम्रो गम्भिर आपत्ती रहेको जनाएको छ । 
    “राजेन्द लिङ्देनको सो कदमले नेपाली जनताको बलीदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्रलाई कमजोर गर्ने दुष्प्रयास गरेको हामीले महसुस गरेका छौ” ज्ञापनपत्रमा भनिएको छ । 
    लिङ्देनको भनाई प्रति नेपाली काँग्रेस खेद प्रकट गर्दै नेपाली काँग्रेसको कुन सह(महामन्त्रीको छोराले लुटपाट गरेको हो भनी प्रष्ट पार्न चुनौती समेत दिइएको ज्ञापनपत्रमा यस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिने राजेन्द्र लिङ्गदेनलाई कानूनको कठघरामा खडागरी आवश्यक कारवाही गर्न माग गरिएको छ ।
    “समाजिक संजालमा सह–महामन्त्रीको नाम राखी समाजिक प्रतिष्ठामा आँच पुग्ने गरी भएको मान मर्दन हर्कतलाई घोर भर्तसना गर्दछौ । उक्त निन्दनीय कार्यको लागि कानून बमोजिम लगायतका मुद्दा चलाई निजलाई हदै सम्मको कारवाही उठाई राष्ट्र र जनतालाई कानूनी राज्यको अनुभूति दिलाउन तत्काल कानूनी प्रकृया अवलम्बन गर्न हामी जोडदार माँग गर्दछौ” ज्ञापनपत्रमा उल्लेख छ ।
    नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मंडल, प्रवक्ता नन्दकिशोर यादव, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश ठाकुर सहितका टोलीले प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर