आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित

राजविराज राजविराज
|
बुधबार, जेठ २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित

सारांश

  •     गत साता मात्र नगरपालिकाकै सरसफाई कर्मचारीहरु गत वर्षको १६ दिनको बाँकी रहेको तलबको माग गर्दै आन्दोलित भएका थिए ।
  • उनीहरुको माग पुरा भए लगत्तै गत वर्षको माघ १ गते नगरपालिकाको गाडीबाट जिल्लाको बादेबरसाइन नगरपालिकाका एक बालक घाइते भएपछी उनको उपचार खर्चको माग गर्दै परिवारजन र स्थानीय नगरपालिकामै धर्ना बसेका थिए ।
  •       नगरपालिकाले घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएपछी सो आन्दोलन पनि स्थगित भयो ।

नवीनकुमार गुप्ता
राजविराज, २१ जेठ ।

    आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन भएपछी विभिन्न विकासीय योजनाहरु अलपत्र हुने भएको छ । 
    गत साता मात्र नगरपालिकाकै सरसफाई कर्मचारीहरु गत वर्षको १६ दिनको बाँकी रहेको तलबको माग गर्दै आन्दोलित भएका थिए । उनीहरुको माग पुरा भए लगत्तै गत वर्षको माघ १ गते नगरपालिकाको गाडीबाट जिल्लाको बादेबरसाइन नगरपालिकाका एक बालक घाइते भएपछी उनको उपचार खर्चको माग गर्दै परिवारजन र स्थानीय नगरपालिकामै धर्ना बसेका थिए ।  
    नगरपालिकाले घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएपछी सो आन्दोलन पनि स्थगित भयो । धर्ना आन्दोलन स्थगित भए लगत्तै नगरपालिकाकै कर्मचारीहरु विभिन्न ११ बुँदे माग राख्दै बुधबारदेखी आन्दोलनमा उत्रेका छन् । राजविराज नगरपालिका कार्यालयमा एकपछि अर्को आन्दोलनका कारण विभिन्न कामकाज अस्तव्यस्त हुन थालेको छ ।    
    नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष जयनारायण मण्डललाई बुझाइएको ज्ञापन पत्रमा ११ बुंदे मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरिएको छ । 
    ज्ञापनपत्रमा नगरपालिकाको कार्यपालिकाको कानुन सम्मत निर्णय नमान्ने र आफुखुशी स्वेच्छाचारी ढंगले काम गर्ने प्रमुख प्रशासकिय अधिकृत डा.श्रवण साह र कर्मचारीको मानसम्मान माथी पटक÷पटक आघात पु¥याउने गरी काम गर्ने योजना शाखाका प्रमुख मनोज कुमार यादवमाथी कारवाही गर्दै सरुवा गर्नु पर्ने प्रमुख माग राखिएको छ । 
    यस्तै १५ वर्षदेखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक कुमार दासलाई कार्यपालिकाको निर्णय बगैर एकलौटी ढगले प्रमुख प्रशासकिय अधिकृत डा.साहले करार सम्झौता भंग गरेको निर्णय फिर्ता लिनु पर्ने, गत आ.ब.२०८०÷०८१ मा वडा कार्यालयमा काम गरे वापत दैनिक ज्यालादारी कर्मचारीको बाँकी रहेको १६ दिनको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने, कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत बरिष्ठतम कर्मचारीलाई मात्र दिनु पर्ने लगायतका माग अघि सारिएको छ । 
    ज्ञापनपत्र मार्फत उक्त मागहरु पुरा नगरिए जेठ २२ गते विहिवारदेखी कालो पट्टी बाँधेर काम गर्ने तथा दैनिक २ घण्टा पेन डाउन गरी धर्ना, जेठ २५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी तथा जेठ २८ गतेदेखी असार १ गते सम्म अतिआवश्यक सेवा बाहेक सबै कामकाज बन्द गरी धर्नामा वस्ने कार्यक्रम घोषणा गरिएको छ । त्यसपछी पनि माग सम्बोधन नभए दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने ज्ञापनपत्रमा उल्लेख छ । 
    ज्ञापनपत्रको बोदार्थ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. श्रवण साह, पत्रकार महासंघका सभापती श्रवण कुमार देवलाई समेत दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह