दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
बाढी पहिरो आएको बेला फँसेकाहरुलाई कसरी जोगाउने बारे सचेतनाका लागि पूर्वअभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै वेपत्ता भएका छन् । सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दै गर्दा उनीहरु बेपत्ता भएका हुन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद् पुर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा वेपत्ता भएको जानकारी दिए ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले वेपत्ता भएका प्रहरीको खोजी कार्य भईरहेको बताउँदै घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मी झिकाएर वेपत्ता प्रहरीको खोजीकार्य भइरहेको जनाए ।
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
सारांश
- बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् ।
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दै गर्दा उनीहरु बेपत्ता भएका हुन् ।
- सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद् पुर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा वेपत्ता भएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया