दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीमा डाकाको प्रतिकारमा उत्रिएका एक व्यक्तिलाई गोली हान्नुका साथै घरेलु हतियारसमेत प्रयोग गरेर हत्या गरिएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका ८ मल्हनमा टोलमा बिहीबार मध्यराती १ बजेतिर डकैती गर्न आएका डाका समूह बिरुद्ध प्रतिकारमा उत्रेका घरपट्टी ५६ वर्षिय कन्तलाल चौधरीको हत्या गरिएको हो ।
गोली र खुकुरी प्रहारबाट गम्भिर घाइते भएका ५६ वर्षिय चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
मध्यराती घर छेउमा भइरहेको हो–हल्ला सुनेर मृतकका काकाका छोरा ४० वर्षिय रमाकान्त चौधरी दाजुलाई जोगाउन खोज्दा डाका समूहले उनलाई पनि घरेलु हतियार प्रयोग गरेर गम्भिर घाइते बनाएका छन् । उनको हाल लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले हतियारसहित आएका ५÷६ जनाको डाका समूहले लुटपाट गर्दै गरेका बेला प्रतिकार गर्न खोज्दा कन्तलाललाई गोली र घरेलु हतियार प्रहार गरि हत्या गरिएको जनाएका छन् ।
विद्युत गएको तथा चर्को गर्मीका कारण घरका एक महिला सदस्य बाहेक परिवारका अन्य सबै सदस्य आंगनमै सुतिरहेका बेला अचानक आइपुगेका डाका समूहले हतियार देखाउँदै घरधनीसँग दराजहरुको साँचो खोसेर लुटपाट सुरु गरेको सो वडाका अध्यक्ष श्यामदेव साहले बताए ।
प्रहरीका अनुसार चौधरीको घरबाट ५ तोला सुनको गरगहना, २ किलो चाँदीका गरगहना, नगद ५५÷६० हजार र अन्य केही सरसामान लुटपाट भएको छ । घटनास्थलबाट प्रहरीले एउटा गोली खोका र तीन वटा गोली समेत बरामद गरेको छ ।
घटनाको खबर पाएपछी पुगेको प्रहरी टोलीले तालिम प्राप्त कुकुर समेतको प्रयोग गरि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
सारांश
- जिल्लाको सुरुङ्गा नगरपालिका ८ मल्हनमा टोलमा बिहीबार मध्यराती १ बजेतिर डकैती गर्न आएका डाका समूह बिरुद्ध प्रतिकारमा उत्रेका घरपट्टी ५६ वर्षिय कन्तलाल चौधरीको हत्या गरिएको हो ।
- गोली र खुकुरी प्रहारबाट गम्भिर घाइते भएका ५६ वर्षिय चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
- मध्यराती घर छेउमा भइरहेको हो–हल्ला सुनेर मृतकका काकाका छोरा ४० वर्षिय रमाकान्त चौधरी दाजुलाई जोगाउन खोज्दा डाका समूहले उनलाई पनि घरेलु हतियार प्रयोग गरेर गम्भिर घाइते बनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया