औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 

राजविराज राजविराज
|
मंगलबार, श्रावण २७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 

सारांश

  •     निरीक्षणका क्रममा उनले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानी लगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी समेत गराए ।
  •     सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको सम्भावना रहेको बताए ।
  •       मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको स्पष्ट पारे ।

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् । 
    निरीक्षणका क्रममा उनले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानी लगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी समेत गराए ।
    सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको सम्भावना रहेको बताए । 
    मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको स्पष्ट पारे ।
    सो अवसरमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु कार्यालय प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे मुख्यमन्त्री सिंहलाई जानकारी गराए । 
    वि.सं. २०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरुका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेको छ भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
४० अतिविपन्न परिवारलाई राहत प्रदान
४० अतिविपन्न परिवारलाई राहत प्रदान
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग