जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो

राजविराज राजविराज
|
बिहिबार, भाद्र १९, २०८२
|
|
६४ पटक हेरिएको
Shares
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो

सारांश

  •     बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् ।
  • मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए ।
  •       मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसित एकता कै लागि कार्यगत एकता सुरु गरिएको बताएका छन् । 
    बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् । मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए । 
    मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।
    जनमत पार्टी मोर्चाबाट अलग हुनु भन्दा पनी मोर्चाबाट भागेको उनको टिप्पणी थियो । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको स्पष्ट पारे । 
    डा. राउत कसको इसारामा चलेको हो भन्ने सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा उनले केही समय पर्खन तथा समय आएपछी सबै ुकरा आफै खुल्ने बताए । 
    “मधेशी अनुहारले मात्र मधेशको हिमायती हुँदैन, उनले भने –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।”
    पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …