दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरी कारागार कार्यालय राजविराजमा चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला परेको छ ।
राजविराज नगरपालिका ६ स्थित मा रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुको मंगलबार चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा र मोबाइल बरामद भएको हो ।
कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रुपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमाण्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो. जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।
सोही क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागुऔषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार प्रशासनले जनाएको छ ।
प्राप्त विवरणअनुसार, सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा मिति २०८० माघ १३ गतेदेखि दुई वर्ष कैद सजाय भोगिरहेका महादेवा गाउँपालिका २ निवासी ३० वर्षीय सुमित मण्डलको साथबाट प्लास्टिकमा लुकाइछिपाइ राखिएको गाँजा एक खिल्ली तथा एक थान चिलिम बरामद गरिएको छ ।
त्यसैगरी, हातहतियार खरखजना मुद्दामा मिति २०८० पुष ०४ गतेदेखि चार वर्ष कैद सजाय भोगिरहेका राजविराज नगरपालिका ६ निवासी २९ वर्षीय सुरज राउतको साथबाट किप्याड लाभा कम्पनीको सिमसहितको एक थान मोबाइल फोन बरामद गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
सारांश
- राजविराज नगरपालिका ६ स्थित मा रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुको मंगलबार चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा र मोबाइल बरामद भएको हो ।
- कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रुपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमाण्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो.
- जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया