बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण

राजविराज राजविराज
|
सोमबार, भाद्र २, २०७६
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •     गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रत्येक वर्ष खाडो नदीका कारण त्यस आसपासका ३ सय घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई बाढीबाट जोगाउन गरेको प्रयास अनुरुप सो बाँध निर्माण गरेको जानकारी दिएका छन् ।
  •       बाढीबाट प्रत्येक बर्ष हुदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदान वापत आवश्यक रकम उपलब्ध गराएपछि ७ सय ७० मिटर लामो बाँध निर्माण र स्तरियकरण कार्य सम्पन्न भएको बताए ।
  •       गत जेठ ५ देखी निर्माण कार्यलाई तिब्रता प्रदान गरेकाले छोटो अवधिमै बाँध÷तटबन्ध निर्माण तथा स्तरियकरण कार्य सम्पन्न भएपछि गाउँपालिका कार्यालयद्वारा निर्माण स्थलमै आयोजना गरिएको ‘सार्वजनिकीकरण कार्यक्रम’ मा अध्यक्ष यादवले सो जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 
    बर्षाका बेला खाडो नदीमा आउने बाढी र त्यसबाट हुने क्षतिलाई न्युनिकरणका लागि सप्तरीको रुपनी गाउँपालिकामा ७ सय ७० मिटर लामो बाँध निर्माण गरिएको छ । 
    गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रत्येक वर्ष खाडो नदीका कारण त्यस आसपासका ३ सय घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई बाढीबाट जोगाउन गरेको प्रयास अनुरुप सो बाँध निर्माण गरेको जानकारी दिएका छन् । 
    बाढीबाट प्रत्येक बर्ष हुदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदान वापत आवश्यक रकम उपलब्ध गराएपछि ७ सय ७० मिटर लामो बाँध निर्माण र स्तरियकरण कार्य सम्पन्न भएको बताए । 
    गत जेठ ५ देखी निर्माण कार्यलाई तिब्रता प्रदान गरेकाले छोटो अवधिमै बाँध÷तटबन्ध निर्माण तथा स्तरियकरण कार्य सम्पन्न भएपछि गाउँपालिका कार्यालयद्वारा निर्माण स्थलमै आयोजना गरिएको ‘सार्वजनिकीकरण कार्यक्रम’ मा अध्यक्ष यादवले सो जानकारी दिए ।         उनले बाढीबाट जोगिन तथा घर जग्गा संरक्षित गर्ने उद्देश्यले ५ वटा प्याकेज र उपभोक्ता समिति मार्फत काम गराउँदा समयमै निर्माण कार्य सकिएको र यसमा कुल ४ करोड १५ लाख ३१ हजार ९ सय ५९ रुपैया खर्च भएको बताए । 
    सो रकम मध्ये ८९ लाख ११ हजार ५ सय ८४ रुपैयाँमा पहिलो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमा दोश्रो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै तेश्रो प्याकेजको निर्माण सकिएको जानकारी गराइएको छ ।
    त्यस्तै ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै चौथो र ८८ लाख ६० हजार ६६ रुपैयाँमा पाँचौ प्याकेजमा निर्माण कार्य सम्पन्न भएको बताए ।
    त्यस्तै उनले प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट प्राप्त १ करोड रुपैयाबाट ठाकोे देवी जोगेन्द्र भगत पूर्व क्षेत्रिय प्रहरी अस्पतालमा थप भवन निर्माण, बर्थिङ्ग सेन्टर र समुदायिक भवन लगायतका काम समेत सम्पन्न गरिएको जानकारी दिए । 
    राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अनुदानबाट गाउँपालिकाको जोखिममा रहेका बस्तीको नदी किनारमा बाँध तटबन्ध तथा स्तरियकरण कार्य सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोज कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव तथा संचारकर्मी सम्मिलित टोलीले स्थलगत अवलोकन समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह