दैनिक समाचारदाता
बिरगंज, २० भदौं ।
घरबाट बिहान ६ बजेतिर स्कुल जाँदै गरेकी एक छात्रामाथी शुक्रवार बिहान विरगञ्जमा एसिड प्रहार भएको छ ।
बिरगंज महानगरपालिका ६ गणेशमान चोक छपकैयास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुनमाथी एसिड प्रहार भएको हो ।
एसिड प्रहारबाट मुस्काननको देब्रे पट्टीको भाग पुरै जलेको छ भने तेजाबबाट खातुनको अनुहारसहित छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ भने सो कार्यमा सहयोग गर्ने वीरगञ्ज २ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच एसीड प्र्रहारबाट घाइते भएकी मुस्कानको उपचारका लागी संघिय सांसद प्रदिप यादवले ५० हजार सहयोग गरेका छन । घाइते भएकी मुस्कानलाई थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।
खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
सारांश
- बिरगंज महानगरपालिका ६ गणेशमान चोक छपकैयास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुनमाथी एसिड प्रहार भएको हो ।
- एसिड प्रहारबाट मुस्काननको देब्रे पट्टीको भाग पुरै जलेको छ भने तेजाबबाट खातुनको अनुहारसहित छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
- मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ भने सो कार्यमा सहयोग गर्ने वीरगञ्ज २ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया