दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
मुश्लिम समुदायले आप्mना धर्मका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक ‘पैगम्वर हजरत मोहम्मद सल्लल्लाहु अलै हिवस्सल्लाम’ को १५३१ औं जन्मोत्सव विविध कार्यक्रमको आयोजना बुधबार राजविराजमा मनाएका छन् ।
सो अवसरमा प्रभातफेरी, रक्तदान, मस्जिदमा सामुहिक नमाज, प्रार्थना सभा, प्रवचन तथा गरिव असहायलाई निशुल्क भोजन लगायतका कार्यक्रम गरी मनाएका हुन् ।
इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।
¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो । मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ शिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने वताए ।
यस अवसरमा प्रवचन, रक्तदान तथा आर्थिक अवस्था कमजोर भएका अपांग, गरिव, दलित, विपन्न वर्गका वृद्धवृद्धा र एकल महिलालाई निशुल्क भोजन र लत्ताकपडा वितरणलगायतका कार्यक्रम समेत गरिएको छ ।
मुस्लिम अगुवा एवम राष्ट्रिय मुस्लिम मञ्च नेपालका सचिव हासिम अन्सारीले यस दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएकोप्रति धन्यवाद प्रकट गर्दै उत्सवलाई झनै विशेष तामझामका साथ मनाएको बताए ।
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो
सारांश
- सो अवसरमा प्रभातफेरी, रक्तदान, मस्जिदमा सामुहिक नमाज, प्रार्थना सभा, प्रवचन तथा गरिव असहायलाई निशुल्क भोजन लगायतका कार्यक्रम गरी मनाएका हुन् ।
- इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।
- ¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया