’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
२१ पटक हेरिएको
Shares
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव

सारांश

  • शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् ’संविधान संशोधन सम्बन्धी बहस’ बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन ।
  • क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध हुने उनले स्पष्ट परेका छन् ।
  • अध्यक्ष यादवले विश्वका प्रमुख संविधानहरूमा राष्ट्रको मूल पहिचान, देशको सार्वभौमसत्ता, लोकतन्त्र, सङ्घीयता, र न्यायिक स्वतन्त्रता जस्ता आधारभूत पक्षलाई स्थायी रूपमा सुरक्षित गर्न ’असंशोधनीय प्रावधान’ राखिने अभ्यासको उदाहरण समेत दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, १९ असार ।  
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् ’संविधान संशोधन सम्बन्धी बहस’ बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन ।
क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध हुने उनले स्पष्ट परेका छन् ।
अध्यक्ष यादवले विश्वका प्रमुख संविधानहरूमा राष्ट्रको मूल पहिचान, देशको सार्वभौमसत्ता, लोकतन्त्र, सङ्घीयता, र न्यायिक स्वतन्त्रता जस्ता आधारभूत पक्षलाई स्थायी रूपमा सुरक्षित गर्न ’असंशोधनीय प्रावधान’ राखिने अभ्यासको उदाहरण समेत दिएका छन् ।
“संविधानका यस्ता प्रावधानहरूलाई सामान्य राजनीतिक बहुमतको आधारमा परिवर्तन गर्न नदिने उद्देश्यले असंशोधनीय बनाइएका हुन्छन्,“ यादवले भने, “यसले संविधानलाई क्षणिक राजनीतिक स्वार्थ भन्दा माथि राखेर राष्ट्रको दीर्घकालीन हित सुरक्षित गर्न मद्दत गर्छ ।“
अध्यक्ष यादवले नेपाली जनताले वर्षौँदेखि गर्दै आएका जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, र ऐतिहासिक मधेश जनविद्रोहको जगमा संविधान सभाबाट नेपालको संविधान जारी भएको स्मरण गराएका छन् । संविधानको धारा २७४ ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संशोधन गर्न रोक लगाएको उनले उल्लेख गरे ।
यादवले जनतामा निहित सार्वभौमसत्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको सर्वोच्चता, विधिको शासन, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, समानुपातिकता, धर्मनिरपेक्षता र बहुभाषिक÷बहुजातीय पहिचान नेपालको संविधानका अपरिवर्तनीय आधारभूत विशेषता भएको तर्क अघि सारेका छन् ।
त्यस्तै, समावेशीता र अधिकारको सन्दर्भमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, खस, पिछडावर्ग, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, र आर्थिक रूपमा विपन्न वर्गको अधिकारको ग्यारेन्टी, पहिचान र पहुँचको लागि राष्ट्रियता वा जातीयताको पहिचानसहित राज्यद्वारा प्रदान गरिने शक्ति, साधन–स्रोत र अवसरमा समानुपातिक समावेशी पहुँच र वर्तमान अवस्थामा राजनीतिक दल र सरकारले क्षणिक स्वार्थ छाडेर स्वतन्त्रता, समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लक्ष्य प्राप्ति तर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर