दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
राजपा निकट राष्ट्रिय विद्यार्थी संघले अन्तरपार्टी महिला संजाल सप्तरीका अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको घटनाको बिरोध गर्दै भत्र्सना गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा जारि विज्ञप्तिमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिको बिरोध गर्ने सक्ने आंशकमा साहलाई पक्राउ गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा साहले चेलीबेटीको बचाउ र रक्षा गर्न माग गर्दै भदौं २३ गते प्रदर्शन गरेकोमा उल्टै साहमाथी अभद्र व्यवहारको मुद्दा चलाइएको घटनाप्रति आश्चर्य चकित भएको उल्लेख छ । सोही विज्ञिप्तमा प्रहरीको यस शैलीले सरकार र प्रहरीकै संरक्षणमा नेपाली चेलीबेटी बेचबिखन भइरहेको त छैन ? भन्ने आशंका समेत गरिएको छ ।
नेपाली दिदीबहिनीको जिवन रक्षा र मानव तस्करी बिरुद्ध आवाज उठाउने साहलाई बिना शर्त रिहा गर्न र संविधानमा उल्लेखीत मानवअधिकारको रक्षा गर्न सरकारसँग जोडदार माग गर्दै त्यसका लागि सहज वातावरण बनाउन सम्बन्धीत पक्षको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
साथै विज्ञप्तिमा बिरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति गरिएको व्यवहार नसच्याए र उनको तत्काल रिहाई नगरिए त्यसपछि उत्पन्न परिणामको भागिदारी सरकार र सम्बन्धीत पक्ष नै हुने ब्यहोरा समेत उल्लेख छ ।
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
सारांश
- संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा जारि विज्ञप्तिमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिको बिरोध गर्ने सक्ने आंशकमा साहलाई पक्राउ गरिएको जनाइएको छ ।
- जारि विज्ञप्तिमा साहले चेलीबेटीको बचाउ र रक्षा गर्न माग गर्दै भदौं २३ गते प्रदर्शन गरेकोमा उल्टै साहमाथी अभद्र व्यवहारको मुद्दा चलाइएको घटनाप्रति आश्चर्य चकित भएको उल्लेख छ ।
- सोही विज्ञिप्तमा प्रहरीको यस शैलीले सरकार र प्रहरीकै संरक्षणमा नेपाली चेलीबेटी बेचबिखन भइरहेको त छैन ?
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया