ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
३४ पटक हेरिएको
Shares
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ

सारांश

  • पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५२ वर्षिय मधुरी मुखिया छन् ।
  • अनुसन्धानको क्रममा उक्त गाजा लुकाउने व्यक्तिको पत्ता लागेपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलन तथा मासिक प्रगती बिबरण सार्वजनिक कार्यक्रममा प्रहरीले उक्त घटना सार्वजनिक गरेको हो ।
दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
खेतबारीमा बोरा भित्र लुकाई राखेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाजा बरामदीसँगै सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५२ वर्षिय मधुरी मुखिया छन् । अनुसन्धानको क्रममा उक्त गाजा लुकाउने व्यक्तिको पत्ता लागेपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलन तथा मासिक प्रगती बिबरण सार्वजनिक कार्यक्रममा प्रहरीले उक्त घटना सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक रुपक खडकाका अनुसार अघिल्लो दिन आइतबार विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक अनिल कुमार साह तथा इप्रका हनुमाननगरबाट प्रहरी वरिष्ठ नायब निरिक्षक नारायण कुमार दाहालको संयुक्त कमान्डमा खटिएको प्रहरी टोलीले सोही वडाको योगिनियाँस्थित कोशी पलार क्षेत्रमा पटुवा खेतबारीबाट प्लास्टिकको बोरामा प्याकिङ गरि राखिएको ३ क्विन्टल २ किलो ४ सय ८० ग्राम गाजा बराबद गरेको हो ।
अनुसन्धान गर्दै जाँदा गाजा तस्करी प्रयोजनका लागि मुखियाँले लुकाइराखेको खुलेपछी उनलाई पक्राउ गरि लागु औषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरीले भारतीय सीमासँग जोडिएको पालिका क्षेत्रमा निगरानी र रात्री गस्ति तीब्र बनाएपछि ठुलो परिमाणमा एकपछि अर्को लागुऔषध गाँजा बरामद हुन थालेको छ । यसअघि साउन २२ गते मध्यराती सप्तरीको राजगढ गाउँपालिका १ स्थित नहर छेऊबाट प्रहरीले १ सय ९० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको थियो ।
यस्तै साउन ६ गते भारतीय सीमासँगै जोडिएको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरा मल्हनिया सडक खण्डमा रात्री गस्तीकै क्रममा प्रहरीले तीन वटा गाडीमा भारततर्फ गइरहेको ३३ क्विन्टल गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
बाल दिवसको अवसरमा आँखा शिविर 
बाल दिवसको अवसरमा आँखा शिविर 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री