नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत

राजविराज राजविराज
|
बिहिबार, मंसिर ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •     राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
  •       समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए ।
  •       राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे ।

दैनिक समाचारदाता
जनकपुर, ६ मंसिर ।
    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति अनुसार विकास निर्माणको काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा परेको बताएका छन् । 
    राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । 
    समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए । 
    राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे । 
    हाजिरी गरेर तलब थाप्ने मनस्थितिले विकास सम्भव नरहेको बताउँदै मुख्यमन्त्री राउतले मानसिकतामा सुधार नभए ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार नहुने समेत स्पष्ट पारे ।
    योजना अनुसार काम नहुँदा विकास निर्माण कार्यले गति नलिएको भन्दै उनले जनतालाई विकासको अनुभूति गराउन सबैले आप्mनो स्थानबाट इमान्दार बन्न सुझाव दिए । 
    मंगलबारदेखि सुरु भएको तीन दिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा र राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय
खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय
पेटीदार सम्पर्कविहीन भएपछि १६ मजदुर बिचल्लीमा
पेटीदार सम्पर्कविहीन भएपछि १६ मजदुर बिचल्लीमा
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी