दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सात महिना अघि रोजगारीका लागि मलेशिया पुगेका सप्तरीको राजगढ गाउँपालिका ४ चपेना निवासी एक यूवकको मृत शरीर बाकसमा फर्किएको छ ।
रोजगारीका लागि गत जेठ महिनामा साथीभाईसँगै मलेशीया पुगेका राजगढ गाउँपालिका ४ चपेनाका ३० वर्षिय मनोज कुमार मुखियाँको मंगलबार साँझ बाकसमा मृत शरीर आइपुगेको हो ।
उनी मलेशियाको सैलेङ्गर जिल्लास्थित सिकेएग्रोन नामक कम्पनीमा हेल्पर पदमा काम गर्दै आएका थिए ।
मंगलबार राती मृत शरीर बाकसमा घर आएपछि अहिले आफन्तसँगै सप्तरीको राजगढ गाउ शोकमा डुबेको छ ।
मृतकका बुबा चलित्तरले कम्पनीमा काम गर्दै गरेको बेला पुस १ गेतका दिन त्यही कम्पनीका केही व्यक्तिले छोरालाई छतबाट धक्का दिएर लडाएपछि सो घटना भएको खबर आफूले प्राप्त गरेको बताएका छन् ।
उनले घटना बारे छानबिन, दोषिलाई कारवाही तथा क्षतिपूर्तीका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह समेत गरेका छन् ।
विगत १० वर्षको अवधीमा रोजगारीका लागि विदेशिएका मध्ये सप्तरीका १ सय ३६ जना यूवाको विभिन्न घटनामा परि मृत्यु भएको अप्रवासी श्रोत केन्द्र राजविराजको तथ्याङ्कले देखाएको छ ।
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
सारांश
- रोजगारीका लागि गत जेठ महिनामा साथीभाईसँगै मलेशीया पुगेका राजगढ गाउँपालिका ४ चपेनाका ३० वर्षिय मनोज कुमार मुखियाँको मंगलबार साँझ बाकसमा मृत शरीर आइपुगेको हो ।
- उनी मलेशियाको सैलेङ्गर जिल्लास्थित सिकेएग्रोन नामक कम्पनीमा हेल्पर पदमा काम गर्दै आएका थिए ।
- मंगलबार राती मृत शरीर बाकसमा घर आएपछि अहिले आफन्तसँगै सप्तरीको राजगढ गाउ शोकमा डुबेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया