दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सप्तरीका एक समाजसेवीले आफ्नै लगानीमा विभिन्न प्रकोपबाट पीडितहरुका लागि राहत बितरण गर्दै आएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लालापट्टीका ई. सूर्य नारायण यादवले स्व. आमा बुबाका नाममा धर्मी–हल्फा महिला विकास क्लबको स्थापना गरि आफ्नै व्यक्तिगत लगानीमा समाजसेवा कार्यलाई अघि बढाएका हुन् ।
आगलागि, बाढी, शितलहर लगायतका विपत्तिमा गाउँगाउँमा पुगेर पीडितहरुलाई राहत सामाग्रि दिने कार्यलाई निरन्तरता उनले दिँदै आएका हुन् ।
कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनको बेला दुई महिनायता उनले छिन्नमस्ता, अग्निसाइर कृष्णसवरण, महदेवा, तिलाठी कोइलाडी, राजगढ लगायतका गाउँपािलका तथा सुरुङ्गा नगरपालिका गरि ६६ परिवारलाई भाडाकुँडा लत्ताकपडा झुल, त्रिपाल, खाद्यान्न सामाग्रि तथा पीडित परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्रि बितरण गरेका छन् ।
बुधबार पनि आगलागिबाट सर्वस्व गुमाएका विष्णुपुर गाउापालिका ७ दलित बस्तिका आधा दर्जन पीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न बाडेका छन् । गत जेठ १६ गते भएको आगलागिमा सो बस्तिका ६ घर खरानी भई पीडितहरुको बिचल्ली भएको थियो ।
यता राज्यले गर्ने काम एउटा सामान्य व्यक्तिले गरिरहेको भन्दै स्थानियले उनीप्रति धन्यवाद र आभार समेत व्यक्त गरेका छन् ।
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
सारांश
- आगलागि, बाढी, शितलहर लगायतका विपत्तिमा गाउँगाउँमा पुगेर पीडितहरुलाई राहत सामाग्रि दिने कार्यलाई निरन्तरता उनले दिँदै आएका हुन् ।
- कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनको बेला दुई महिनायता उनले छिन्नमस्ता, अग्निसाइर कृष्णसवरण, महदेवा, तिलाठी कोइलाडी, राजगढ लगायतका गाउँपािलका तथा सुरुङ्गा नगरपालिका गरि ६६ परिवारलाई भाडाकुँडा लत्ताकपडा झुल, त्रिपाल, खाद्यान्न सामाग्रि तथा पीडित परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्रि बितरण गरेका छन् ।
- बुधबार पनि आगलागिबाट सर्वस्व गुमाएका विष्णुपुर गाउापालिका ७ दलित बस्तिका आधा दर्जन पीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न बाडेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया