अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

राजविराज राजविराज
|
मंगलबार, आषाढ २, २०७७
|
|
२४ पटक हेरिएको
Shares
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सारांश

  •     पीडितहरुले राजविराजमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
  •       उक्त गाउँपालिकाका एक पक्षले जेठ ५ गतेदेखी अघोषित नाकाबन्दी गर्दा आफूहरु समस्यामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
  • उक्त बस्तीमा ५० घरधुरी दलित परिवार छन् ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले मंगलबार न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार आयोगदेखी प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
    पीडितहरुले राजविराजमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । 
    उक्त गाउँपालिकाका एक पक्षले जेठ ५ गतेदेखी अघोषित नाकाबन्दी गर्दा आफूहरु समस्यामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त बस्तीमा ५० घरधुरी दलित परिवार छन् । 
    पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक सुकराती रामद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा गाउँ–ब्लकको जग्गामा बर्षौदेखी बसोवास गर्दै आएको विपन्न दलितको उठिवास गराउन एकपक्ष सक्रिय रहेको र पछिल्लो पटक बस्तीको चारैतिरबाट टाट र बाँसको ढाटले घेरवार गरि आबद्ध जावत नै ठप्प बनाएको उल्लेख गरिएको छ । 
    यसरी चारैतिरबाट घेरिएपछि अत्यावशक सामाग्रि खरीदका लागि आवतजावत समेत गर्न कठिन भएको उल्लेख गर्दै ज्ञापनपत्र मार्फत यसरी घेरिएको बस्ती अविलम्ब खोल्ने व्यवस्था मिलाईदिन आग्रह गरिएको छ । ज्ञापनपत्र मार्फत अघोषित नाकाबन्दी अविलम्ब खोलाउन पहल नगरिए असार ११ गतेदेखी अनिश्चितकालिन अनसनमा बस्ने जानकारी समेत गराइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव