दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरीमा सोमबार कोरोना संक्रमितको संख्या १३ थपिएसँगै कुल १ सय ७३ संक्रमित संख्या पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिकाका २, बलानविहुल गाउँपालिकाका ४, राजगढ गाउँपालिका ५ र राजविराज नगरपालिकाका २ जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमण भेटिएको थियो । यता ७१ जना कोरोनाबाट निको भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका १ सय २ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४२ डिस्चार्ज भएका छन् ।
अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २ सय ७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १ सय ३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिकाका २, बलानविहुल गाउँपालिकाका ४, राजगढ गाउँपालिका ५ र राजविराज नगरपालिकाका २ जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- यसअघि आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमण भेटिएको थियो ।
- यता ७१ जना कोरोनाबाट निको भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया