जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग

राजविराज राजविराज
|
बुधबार, पौष ८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग

सारांश

  •     असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा गरिएको प्रदर्शनका क्रममा रेशम चौधरीको रिहाइको माग समेत गरिएको छ ।
  •     स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि सभामा परिणत भएको थियो ।
  • सो प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।

चन्दनकुमार यादव
राजविराज, ८ पुस । 
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले बुधबार राजविराजमा बृहत प्रदर्शन गरेको छ ।
    असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा गरिएको प्रदर्शनका क्रममा रेशम चौधरीको रिहाइको माग समेत गरिएको छ ।
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि सभामा परिणत भएको थियो । सो प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ । 
    जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेशसभा सदस्य नेत्र विक्रम साह, अभिशेख यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी नेता शम्भु यादव, विकास तिवारी, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव लगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए । 
    उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
प्रहरीद्वारा बरामद पटाका नष्ट
प्रहरीद्वारा बरामद पटाका नष्ट
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश