पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए

राजविराज राजविराज
|
शनिबार, चैत्र २८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए

सारांश

  •     बिहीबार सम्पन्न मतगणनाका क्रममा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदबार रामनारायण यादव र बिन्दु यादव तथा प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका गंगाप्रसाद साह र खगेन्द्र कार्कीले बराबर ४४/४४ मत ल्याएका थिए ।
  •       यस सम्बन्धमा शुक्रबार निर्वाचन समितिले दुबै पक्षका उम्मेदवारलाई राखेर गोलाप्रथाबाट नतिजा टुङ्गयाएको हो ।
  • सदस्य चयनका लागि गरिएको गोलाप्रथामा कार्कीले बाजी मारे ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमिति सदस्यमा गोलाप्रथाबाट प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका उम्मेदवार खगेन्द्र कार्की चुनिएका छन् ।
    बिहीबार सम्पन्न मतगणनाका क्रममा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदबार रामनारायण यादव र बिन्दु यादव तथा प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका गंगाप्रसाद साह र खगेन्द्र कार्कीले बराबर ४४/४४ मत ल्याएका थिए । 
    यस सम्बन्धमा शुक्रबार निर्वाचन समितिले दुबै पक्षका उम्मेदवारलाई राखेर गोलाप्रथाबाट नतिजा टुङ्गयाएको हो । सदस्य चयनका लागि गरिएको गोलाप्रथामा कार्कीले बाजी मारे । 
    यस अघि बिहीबारै सभापति पदमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदवार श्रवण देव बिजयी भएका छन् । उनी निकटत्तम प्रतिद्वन्दी मनोहर पोखरेल भन्दा ७ मत बढी ल्याएर सभापति पदमा देव बिजयी भएका हुन् । 
    त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भए । दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएका हुन् । 
    यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ