एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि

राजविराज राजविराज
|
शनिबार, बैशाख ४, २०७८
|
|
२५ पटक हेरिएको
Shares
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि

सारांश

  •     स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह समेत गरे ।
  • उनका अनुसार जिल्लामा १६ वटा भारतीय सीमासँग जोडिएका नाकाहरु रहेका छन् ।
  • जसमध्ये ९ वटा नाकाहरुबाट अत्याधिक मात्रमा मानिसहरुको ओहरदोहर हुने गर्दछ ।

    राजबिराज/सप्तरीमा एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा तीन जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
    राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष, रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिला तथा उनका ११ वर्षिय छोरामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  
    संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचारी हुन् भने अर्का बालक उनकै छोरा हुन् । तीनै जना हाल होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह समेत गरे । उनका अनुसार जिल्लामा १६ वटा भारतीय सीमासँग जोडिएका नाकाहरु रहेका छन् । जसमध्ये ९ वटा नाकाहरुबाट अत्याधिक मात्रमा मानिसहरुको ओहरदोहर हुने गर्दछ । ती नाका मध्ये तिलाठी नाकामा एन्टिजिन टेस्ट किटसहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउनुका साथै हेल्थ डेस्क स्थापना गरिएको उनले बताए । 
    प्रमुख यादवले जिल्लाको सबै पालिकाहरुमा आवश्यक स्वास्थ्य सामाग्रिहरु समेत उपलब्ध गराइसकेको र क्वारेन्टाइन तथा आइसोलेशन कक्ष स्थापनाका लागि निर्देशन समेत दिइसकेको जानकारी दिए । 
    यस्तै सम्पूर्ण जनतालाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । हाललाई स्वास्थ्य मापदण्ड बारे जनचेतना दिइरहेको तथा एक हप्तापछि सोको पालना नगरेको पाइएमा कानुन बमोजिम कारवाही वा दण्ड जरिवाना गराइने जानकारी समेत दिए ।
    सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह