दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोजेको आरोपमा ससुरा र ज्वाई बिहीबार पक्राउ परेका छन् ।
राजविराज नगरपालिका वडा नं. १५ का देवन यादव र उनका ज्वाई श्रीनन्दन यादवलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
वडा अध्यक्ष रामप्रसाद यादवको किर्ते हस्ताक्षरसहितको सिफारिस र अनुसूची फारमहरु बोकेर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका बेला उनीहरु पक्राउ परेका हुन् ।
सिफारिस पत्र तथा अन्य अनूसूची कागजातमा शंका लागेर छानबिन गर्दा श्रीनन्दन यादवको नागरिकता सिफारिस पत्रमा वडा अध्यक्षको नक्कली हस्ताक्षर भएको पुष्टि भएपछि ससुरा ज्वाईलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।
नागरिकता लिन आउने व्यक्ति र सिफारिस पत्रमा गरिएको वडा अध्यक्षको हस्ताक्षर शंकास्पद भेटिएपछि वडा अध्यक्ष रामप्रसाद यादवलाई पनि झिकाइएको तर, वडा अध्यक्षले आफ्नो दस्तखत नभएको बताएपछि दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए ।
यता पक्राउ परेका श्रीनन्दन यादव भारतीय नागरिक भएको हुन सक्ने भन्दै यस बारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
सारांश
- राजविराज नगरपालिका वडा नं.
- १५ का देवन यादव र उनका ज्वाई श्रीनन्दन यादवलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
- वडा अध्यक्ष रामप्रसाद यादवको किर्ते हस्ताक्षरसहितको सिफारिस र अनुसूची फारमहरु बोकेर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका बेला उनीहरु पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया