छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ

राजविराज राजविराज
|
सोमबार, श्रावण १८, २०७८
|
|
२४ पटक हेरिएको
Shares
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी भएको मुकुटसहित जिल्लाको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।
  •       सोमबार बिहान ७ बजेतिर घरमै रहेको पूजा घरमा चोरी गरिएको मुकुट राखी बसिरहेको अवस्थामा पक्राउ परेका मण्डललाई सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले सार्वजनिक समेत गरेको छ ।
  •       छिन्नमस्ता भगवतीको मस्तकबाट चोरी गरिएको ५ सय ८ ग्राम तौलको चाँदीको मुकुट चोरी गर्ने मण्डलको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित आइतबार राती चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त सोमबार बिहान पक्राउ परेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी भएको मुकुटसहित जिल्लाको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डललाई पक्राउ गरेको जनाएको छ । 
    सोमबार बिहान ७ बजेतिर घरमै रहेको पूजा घरमा चोरी गरिएको मुकुट राखी बसिरहेको अवस्थामा पक्राउ परेका मण्डललाई सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले सार्वजनिक समेत गरेको छ । 
    छिन्नमस्ता भगवतीको मस्तकबाट चोरी गरिएको ५ सय ८ ग्राम तौलको चाँदीको मुकुट चोरी गर्ने मण्डलको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ । उनले गाउँमै मन्दिर बनाउने भनी योजनाका साथ उक्त मुकुट झिकेर कालो ब्यागमा राखी मन्दिरबाट निस्केको खुलेको छ । 
    आइतबार साँझ ७:३० बजेतिर मन्दिरका पूजारीहरु सन्ध्याकालिन आरतीका लागि मन्दिर परिसरमै रहेको पोखरीतर्फ लागेका बेला उनी भित्र छिरेको प्रहरीको भनाई छ । 
    कोरोनाको जोखिमलाई ध्यानमा राखी दुई महिना भन्दा बढी समयदेखी मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नियमित पूजापाठ बाहेकका सम्पूर्ण कार्यहरु बन्द गरिएको छ । तर, यस्तो अवस्थामा पनि मन्दिरमा चोरी हुनु दु:खद र आश्चर्यपूर्ण विषय भएको भन्दै स्थानियले अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाउन माँग गरेका छन् । 
    यता मण्डललाई सोमबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई चोरी मुद्दामा पक्राउ पूर्जी समर्थन गराई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
वेवारिसे मोटरसाइकल र साडी बरामद
वेवारिसे मोटरसाइकल र साडी बरामद
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
नैतिकताको खडेरी सँगै मानवता माथि प्रहार  
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै