पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो

राजविराज राजविराज
|
मंगलबार, आश्विन १९, २०७८
|
|
२० पटक हेरिएको
Shares
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो

सारांश

  • पाटन उच्च अदालतको असोज ८ गतेको आदेश अनुसार असोज १३ गते ५ बजे सम्म कैफियत प्रतिबेदन समेत नआएको अबस्थामा पेशी तारेख राख्न नमिल्ने मुद्दालाई माथिको निर्देशनमा नै असोज १४ पेशी तारेख, त्यसपछि १७ गते र आज १९ गते राखेको छ ।
  • मुद्दामा सेटिंग नमिलेको कारण असोज ७ गतेको पेशी तारेखमा संजयकुमार झाको कानुन ब्यबसायीबाट स्थगित गरिएको थियो ।
  • प्रतिबेदन मुद्दाकोहकमा साप्ताहिकमा चढेपछी मात्र पेशी तारेखमा राख्न मिल्ने हुँदा आफ्नो जेठान काँग्रृसका नेता तथा सांसद अमरेश कुमार सिंहको पहुचको कारण सप्ताहमा २ पटक सम्म पेशी तारेख राखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
ठगि मुद्दामा पक्राउ परेका शैक्षिक माफिया रौतहटका संजय कुमार झाको प्रतिबेदन मुद्दालाई पैसा र शक्तिको पहुचका कारण पटक पटक अदालतले पेशी राख्दै आएको छ । 
पाटन उच्च अदालतको असोज ८ गतेको आदेश अनुसार असोज १३ गते ५ बजे सम्म कैफियत प्रतिबेदन समेत नआएको अबस्थामा पेशी तारेख राख्न नमिल्ने मुद्दालाई माथिको निर्देशनमा नै असोज १४ पेशी तारेख, त्यसपछि १७ गते र आज १९ गते राखेको छ ।
मुद्दामा सेटिंग नमिलेको कारण असोज ७ गतेको पेशी तारेखमा संजयकुमार झाको कानुन ब्यबसायीबाट स्थगित गरिएको थियो । प्रतिबेदन मुद्दाकोहकमा साप्ताहिकमा चढेपछी मात्र पेशी तारेखमा राख्न मिल्ने हुँदा आफ्नो जेठान काँग्रृसका नेता तथा सांसद अमरेश कुमार सिंहको पहुचको कारण सप्ताहमा २ पटक सम्म पेशी तारेख राखिएको छ ।
कारागारमा रहेका सयौं कैदीहरुलाई पेशी तारेख पाउन धौ धौ पर्ने गरेको तर, संसद अमरेश कुमार सिंहको पैसा र पहुँचको कारण न्यायालयमासमेत ठुलो चलखेल गरि निज झाको मुद्दाको पेशी तारेख क्रमश: असोज १४ गते, असोज १७ गते र असोज १९ गते समेत पेशी तारेख राखि थुनामुक्त गराउने योजना रहेको श्रोतको दाबी छ । जबकी प्रतिबेदन संग जोडिएको मुद्दाको हकमा हरेक सप्ताह बिहिबारको दिन मात्र पेशी तारेख राख्न पाउनु पर्ने नियम छ । 
जोर्जिया युनिभर्सिटीका संकास्पद प्रमाणपत्रको मुख्य योजनाकार तथा ठगि मुद्दामा पक्राउ परेका कलेज संचालक संजय झा थप अनुसन्धानको घेरामा पर्ने भएको हुनाले सुनियोजित रुपले जेठान अमरेश कुमार सिंहको आडमा शक्ति र पैसाको ठूलो चलखेल गरि थुनामुक्त हुने योजनामा रहेको देखिन्छ । 
यस्तो अवस्थामा ठगिएका १ सय ३२ जना विद्यार्थीहरु लगायत पीडितपक्षहरुले पाउने न्याय शंकाको घेरामा देखिदैछ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
कंचनपुरका डिएसपी तिमिल्सिनाको निधन
कंचनपुरका डिएसपी तिमिल्सिनाको निधन
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा