बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास

राजविराज राजविराज
|
मंगलबार, माघ १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास

सारांश

  •     नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा प्रदेश सभा सदस्य मो.
  • समिमले संयुक्त रुपमा उक्त सडक निर्माणको सोमबार शिलान्यास गरेका छन् ।
  •       उक्त सडक निर्माणका लागि बज्रगुरु–विकास जे.

दैनिक समाचारदाता
राजबिराज, ३० पुस ।
    भारतीय सीमा सम्म जोड्ने बैकल्पिक मार्ग निर्माण हुने भएको छ । सप्तरीको विकासमा प्रत्यक्ष प्रभाव पार्ने रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजार, तेरहौता–राजविराज हुदै फैकरा र भारतीय सीमावर्ती क्षेत्रसम्म सडक मार्ग निर्माण हुने भएको हो । 
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा प्रदेश सभा सदस्य मो. समिमले संयुक्त रुपमा उक्त सडक निर्माणको सोमबार शिलान्यास गरेका छन् । 
    उक्त सडक निर्माणका लागि बज्रगुरु–विकास जे.भी. लहानले जिम्मा लिएको छ । २०७७ साल मंसिर ३० गते भित्र नाला र सडक निर्माण सम्पन्न हुने गरी लिइएको कार्यको लागत ११ करोड ३२ लाख ५० हजार (मुल्य अभिवृद्घि कर सहित) रहेको छ । 
    पहिलो चरणमा ८५ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण कम्पनीका प्रोपराईटर मनटुुन साहले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा सो सडक निर्माणको कार्य थालिएको प्रोपराईटर साहले जानकारी दिए ।  
    सडक निर्माण भएपछि सदरमुकाम राजविराजबाट १० कि.मि. टाढा रहेको राजमार्गसँगको दुरी घटेर ६ कि.मि.मा पुग्ने छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता