कानुनी साक्षरता कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, मंसिर २१, २०७८
|
|
३४ पटक हेरिएको
Shares
कानुनी साक्षरता कार्यक्रम सम्पन्न

सारांश

  •     १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
  •     जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
  •     अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत मंगलबार राजविराजमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
    १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
    जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
    अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।
    १६ दिने अभियान मूल समारोह समितिका अध्यक्ष अनीता देवकोटको उपस्थितीमा भएको कार्यक्रममा सचिव सुधा देव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नाउव निरीक्षक सुरेश पाल, एकल महिला समूहकी मन्जु साहलगायतले लैङ्गिक हिंसाबारे मन्तवय राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
मदरसाको तालाबन्दी खुल्यो
मदरसाको तालाबन्दी खुल्यो
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर