दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरी जिल्लामा मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको छ । यो संख्या अघिल्लो निर्वाचन भन्दा ६० हजार ७ सय बढी हो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखी चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो । योसँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगि गरि कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको हो ।
यसरी थपिएको मतदातामा महिलाको संख्या बढी देखिएको छ । यसमध्ये दोहोरो परेका मतदाताको नामावली घटाइने र बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने भएकाले मतदाता संख्यामा केही थपघट हुन सक्ने कार्यालय प्रमुख जोशीको भनाई छ ।
निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर उमेश कुमार यादवले निर्वाचनको तिथि घोषणा भएपछि माघ २५ गतेदेखी मतदाता नामावली संकलन अभियान रोकिएको र अभियानबाट संकलित नामावलीको चेकजाच र व्यवस्थित गर्ने काम धमाधम भइरहेको जानकारी दिए ।
उनले मतदाता सूचीमा नाम भएको तथा परिचयपत्र हराएको वा नष्ट भएको व्यक्तिलाई फागुन २० गतेभित्र वडाको सिफारिससहित व्यक्ति स्वयम उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने सूचनासमेत जारि गरिसकिएको बताए । उनले फागुन १९देखी फागुन २६ सम्म मतदाता नामावली अधावधिक एवं दाबी बिरोधको समय तालिका निर्धारण गरिएको जानकारी दिदै समयमै सम्बन्धीत मतदातालाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
मतदाता नामावली संकलन अभियानका क्रममा खटिएका कर्मचारीहरुमाथी जिल्लाको खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा केही स्थानिय व्यक्तिहरुद्वारा बिना प्रमाण नाम समावेश गर्न दबाव दिएको र नमान्दा हातपात गरेको निर्वाचन कार्यालयका कर्मचारीहरुले गुनासो समेत गरेका छन् । तर, हालसम्म हातपात गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न नसकेकोप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् ।
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सारांश
- जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखी चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो ।
- योसँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगि गरि कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको हो ।
- यसरी थपिएको मतदातामा महिलाको संख्या बढी देखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया