मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह

राजविराज राजविराज
|
मंगलबार, चैत्र १, २०७८
|
|
१९ पटक हेरिएको
Shares
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह

सारांश

  •     प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले मंगलबार संघीय मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो आग्रह गरेका हुन् ।
  •       दशगज्जामा नदीको निकास नहुँदा र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा नेपाल–भारततर्फका सर्वसाधारणलाई समस्या हुँदै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
  •     “भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीको निकास र नदीमा पुल निर्माणको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
    प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले मंगलबार संघीय मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो आग्रह गरेका हुन् । 

    दशगज्जामा नदीको निकास नहुँदा र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा नेपाल–भारततर्फका सर्वसाधारणलाई समस्या हुँदै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    “भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ । दुवैतिर सडक भए पनि नदीमा पक्की पुल छैन । दुई वर्षअघिसम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढी र कोरोनाको लकडाउनको बीच जिर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुर्ननिर्माण गर्न दिएन । पुल नहुँदा दुवैतिरका आमजनलाई निकै समस्या र चुनौतिहरुको सामना गर्नुपरिरहेको छ, पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन वर्खामा जोखिमपूर्ण छ ।’ पत्रमा उल्लेख छ ।
    सोही पत्रमा दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको उल्लेख छ । यस्तै ‘बाढीका कारण वर्षेनी करोडौं क्षति नियन्त्रण, मानविय क्षति रोक्न तथा दुई देशका सर्वसाधारणलाई सहज आवत जावतका निम्ति दशगज्जा क्षेत्रमा थुनिएको खाँडो नदीलाई अविलम्ब निकास दिनुकासाथै मुख्य भन्सार नाकालाई भारतीय बजारसँग जोडने पुल निर्माण अत्यावश्यक रहेको हुँदा त्यसका निम्ति भरपर्दो पहल गरिदिन हार्दिक अनुरोध छ ।’, पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह