राजविराज÷नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष बजरंग अग्रवालले राज्यले सम्मान अवसर नदिई मारवाडी समुदायलाई राज्यले विभेद गरेको आरोप लगाएका छन ।
शनिवार नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको ख क्षेत्रिय सम्मेलनको अवसरमा बोल्दै अग्रवालले मारवाडीलाई धनी समुदायको रूपमा हेर्ने दृष्टिकोणले गर्दा मारवाडी समुदायले सरकारी जागिर सँगै भाषाको सुनिश्चितता समेत राज्यले नगरेको आरोप लगाए ।
उनले समाजमा मारवाडीलाई धनीको रूपमा बुभ्mने गरेकोले सबै मारवाडी समुदायमा धनी नभएको भन्दै कति मध्य बर्गलाई व्यापार गर्न समेत समस्या हुने गरेकोले जिकिर गरे ।
सो अवसरमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले मारवाडी जातीको संस्कृति संरक्षण र आफनो पहिचानको लागि एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख का उपाध्यक्ष मनोज अग्रवालले युवाको ब्यक्तित्व बिकासमा सँगै कुलतमा लागेका युवाहरूलाई कुलतबाट जोगाउन कार्यमा मारवाडी युवाहरू हातमा हातमा मिलाएर अगाडि बढन तयार रहेको बताए ।
समाजमा भएको बिकृति बिसंगति तथा समाजिक र बिकास काममा मारवाडी समुदाय पछाडी नहट्ने बताउदै मानव सेवा सबै भन्दा ठुलो सेवा रहेकोले मानव सेवाको लागि मारवाडी युवा संगठन अग्रसर रहेको प्रतिबद्धता जनाए ।
सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन क का अध्यक्ष राजेश मुन्धडाले समाजमा युवा ठुलो शक्ति भएकोले युवाको हितमा युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएक ।
माडवाडी युवा मंच राजबिराजका अध्यक्ष आशिष जोशीको अध्यक्षतामा आयोजित सम्मेलनमा महिला मारवाडी मंचका राजबिराज उपाध्यक्ष निलम कुचेरीया, शंकर शारदा लगायतले सम्मेलनको सफलताको शुभकामना ब्यक्त गरे ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत देशभरीमा क, ख, ग र घ गरि ४ वटा समुह बनाएर युवा संगठन बिस्तार गरेको छ भने देशभरीमा १ लाख २५ हजार मारवाडी समुदाय बसोवास गर्दै आएका छन् ।
सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख अन्तर्गत राजबिराज, लहान, जनकपुर, कलैया, बिरगंज, लगायतका युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
सारांश
- सो अवसरमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले मारवाडी जातीको संस्कृति संरक्षण र आफनो पहिचानको लागि एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
- सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख का उपाध्यक्ष मनोज अग्रवालले युवाको ब्यक्तित्व बिकासमा सँगै कुलतमा लागेका युवाहरूलाई कुलतबाट जोगाउन कार्यमा मारवाडी युवाहरू हातमा हातमा मिलाएर अगाडि बढन तयार रहेको बताए ।
- समाजमा भएको बिकृति बिसंगति तथा समाजिक र बिकास काममा मारवाडी समुदाय पछाडी नहट्ने बताउदै मानव सेवा सबै भन्दा ठुलो सेवा रहेकोले मानव सेवाको लागि मारवाडी युवा संगठन अग्रसर रहेको प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया