पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक

राजविराज राजविराज
|
सोमबार, चैत्र २१, २०७८
|
|
३१ पटक हेरिएको
Shares
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक

सारांश

  •     कार्यक्रममा विद्यायलका लेखापाल बब्बन कुमार मिश्रद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷०७९ को फागुनमसान्त सम्मको अवधिमा उक्त विद्यालयले विभिन्न दातू निकाय, कार्यालय, संघ, संस्था, व्यक्ति र शुल्क बापत २ करोड ४९ लाख ७२ हजार एक सय २४ रुपैया आम्दानी गरेको उल्लेख छ ।
  •       उक्त अबधिमा शिक्षक र कमर्चारीको तलब तथा विभिन्न शैक्षिक गतिविधिमा भएको खर्च घटाएर ८६ लाख ९ हजार ५ सय ६५ रुपैयाँ कोषमा वचत मौज्दात रहेको लेखापाल प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
  •     दाताहरुको सहयोगको सदुपयोग गर्दे विद्यायलयको शैक्षिक गतिविधिलाई अब्बल बनाउनुका साथै विद्यालयकोषमा उत्साहजनक रकम वृद्धि गर्न सफल भएकोमा विद्यालयका प्रधानाअध्यापक अरुण कुमार झालाई धन्यवाद र बधाई दिदै कार्यक्रका प्रमुख अतिथी दातामध्येका एक समरजित सिंहले विद्यालयको अहिलेको अवस्था हेर्दा दाता परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
    राजविराज ५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यायलयले सोमबार  दाताहरुको नामाबली भएको शिलालेखको अनावरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा विद्यायलयको सम्पुर्ण आय व्यय समेत सार्वजनिक गरिएको छ । 
    कार्यक्रममा विद्यायलका लेखापाल बब्बन कुमार मिश्रद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷०७९ को फागुनमसान्त सम्मको अवधिमा उक्त विद्यालयले विभिन्न दातू निकाय, कार्यालय, संघ, संस्था, व्यक्ति र शुल्क बापत २ करोड ४९ लाख ७२ हजार एक सय २४ रुपैया आम्दानी गरेको उल्लेख छ । 
    उक्त अबधिमा शिक्षक र कमर्चारीको तलब तथा विभिन्न शैक्षिक गतिविधिमा भएको खर्च घटाएर ८६ लाख ९ हजार ५ सय ६५ रुपैयाँ कोषमा वचत मौज्दात रहेको लेखापाल प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
    दाताहरुको सहयोगको सदुपयोग गर्दे विद्यायलयको शैक्षिक गतिविधिलाई अब्बल बनाउनुका साथै विद्यालयकोषमा उत्साहजनक रकम वृद्धि गर्न सफल भएकोमा विद्यालयका प्रधानाअध्यापक अरुण कुमार झालाई धन्यवाद र बधाई दिदै कार्यक्रका प्रमुख अतिथी दातामध्येका एक समरजित सिंहले विद्यालयको अहिलेको अवस्था हेर्दा दाता परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिए । 
    कार्यक्रमा दाताहरुको नामाबली लेखिएको शिलालेख अनावरण पछि संस्थापक दाता स्व. बिन्देश्वरी प्रसाद सिंह, स्व. रामदयाल मुन्धडा, स्व. डम्बर नारायण चौधरी, स्व. गोपीकृष्ण काबरा, स्व. उमाकान्त लाल दास, स्व. हरिनन्दन प्रसाद सिंह, स्व. गोबिन्द राम रुंगटा, स्व. कपलेश्वर झा र स्व. कुशेश्वर झाका परिवारलाई सम्मान गरिएको थियो ।
    प्रधानाअध्यापक झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख शाधना झा, पुर्व नगरप्रमुख गोबिन्द सिंह, पुर्व प्रअ जितेन्द्र देव, हरिनरायण देव, मिना ठाकुर लगायतले शुभकामना दिए ।
    एक हजार ६ सय विद्यार्थी रहेको उक्त विद्यायलयले कक्षा १२ सम्मको पढाइका साथै दृष्टीबिहिन श्रोत कक्षा समेत सञ्चालन गर्दे आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
खुला रुपमा सेनेटेरी प्याड वितरण 
खुला रुपमा सेनेटेरी प्याड वितरण 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह