दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानिय तह निर्वाचन समयमै हुने बताएका छन् ।
सो पार्टीद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार भेटवार्ता कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् ।
मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय भइसकेको र कुनै पनि बेला मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउँदै उनले यसबारे मुलुकका राजनीतिक दलहरुलाई कुनै चिन्ता नरहेको बताए ।
कार्यक्रममा बोल्दै उनले संघीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन नपराउनेहरुले मुलुकमा कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै रहेकोले यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गरे ।
ती शक्तिहरुका कारण विभिन्न आन्दोलनमार्फत पाएका उपलब्धीहरु मुलुकले गुमाउन सक्ने सम्भावना पनि रहेको तथा ती उपलब्धीलाई बचाइराख्न सबैलाई एकजुट हुनु जरुरी रहेको उनको भनाई थियो ।
सो कार्यक्रममा अध्यक्ष त्रिपाठीले आफ्नो पार्टी १७ जिल्लामा चुनाव लड्ने जानकारी दिँदै भ्रष्टाचार मुक्त, कृषि क्षेत्रलाई बलियो, मावि शिक्षामा लगानी लगायतका मुद्दाको साथमा निर्वाचनमा सहभागि भएको उल्लेख गरे ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. शिवजी यादव, उपाध्यक्ष मो. शबिर हुसैन, जिल्ला अध्यक्ष पूर्ण बहादुर चौधरी लगायत अन्य जिल्लास्तरिक नेताहरुको उपस्थिति रहेको थियो ।
मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
सारांश
- सो पार्टीद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार भेटवार्ता कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् ।
- मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय भइसकेको र कुनै पनि बेला मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउँदै उनले यसबारे मुलुकका राजनीतिक दलहरुलाई कुनै चिन्ता नरहेको बताए ।
- कार्यक्रममा बोल्दै उनले संघीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन नपराउनेहरुले मुलुकमा कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै रहेकोले यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया