दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 

राजविराज राजविराज
|
शनिबार, श्रावण २१, २०७९
|
|
२२ पटक हेरिएको
Shares
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 

सारांश

  •     नक्कली डाक्टर र बिना दर्ताका औषधी पसलको अहिले बिगबिगी चलिरहेको बताउँदै डा.
  • साहले त्यसका बिरुद्ध पनि लाग्नु पर्ने अवस्था आएको बताए ।
  •     एशोसिएशनका जिल्ला अध्यक्ष डा.

    राजविराज÷नेपाल डेन्टल एशोसिएशनका केन्द्रिय उपाध्यक्ष डा. अजय कुमार साहले अस्पतालहरुमा दन्त रोग चिकित्सकको पदपूर्ती गर्न र नयाँ दरबन्दी सृजना गर्न सरकार उदासिन बनेको रहेको बताएका छन् ।
    शनिबार राजविराजमा नवगठित नेपाल डेन्टल एशोसिएशन सप्तरी शाखाको प्रथम कार्यकारणी समितिको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
    उनले यस बारे मन्त्रालय र मन्त्री कहाँ पटक पटक पुगेर ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएकोले निकट भविष्यमै धर्ना र जुलुस लगायतका आन्दोलनका कार्यक्रम गर्नु पर्ने अवस्था आएको बताउँदै यसका लागि सबैलाई तयार रहन आग्रह समेत गरे । 
    नक्कली डाक्टर र बिना दर्ताका औषधी पसलको अहिले बिगबिगी चलिरहेको बताउँदै डा. साहले त्यसका बिरुद्ध पनि लाग्नु पर्ने अवस्था आएको बताए ।
    एशोसिएशनका जिल्ला अध्यक्ष डा. सन्जय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेडिकल सुपरिडेन्टेन्टद्वय डा. रन्जित झा, डा. टेक नारायण मण्डल, रेडक्रस सोसायटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, डा. सुनिल सिंह, डा. बिमल देव, डा. नरेश मेहता, डा. विवेक सिंह, डा. मिरा आचार्य, डा. प्रेक्षा डाली लगायतले दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या र यसको समाधान बारे आ–आफ्नो धारणा र सुझाव राखेका थिए । 
    कार्यक्रममा एशोसिएशनका सुनसरी, मोरङ, झापा, धनुषा, महोत्तरी, सर्लाही लगायतका शाखाहरुको प्रतिनिधिहरुको समेत सहभागिता रहेको एशोसिएशनले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो