दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको महादेवा गाउँपालिका १ सोनरा, बल्थि, पकरीका स्थानियले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई सम्मान गरेका छन् ।
ती वडाका वासीद्वारा आइतबार आयोजित एक समारोहका बीच सप्तरी क्षेत्र नं. २ को २ का नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवलाई सम्मान गरेका हुन् ।
स्थानिय वयोवृद्घ चुनाई यादव, हरिनारायण यादव, राजाराम यादव, मोहन यादव, प्रमिला यादव, राधेश्याम यादवलगायतले माला, अविर लगाएर नवनिर्वाचित जनप्रतिनिधि यादवलाई सम्मान गरे ।
स्थानियसँग सक्षिप्त कुरा गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्य यादवले बाटो, मलखाद र त्यसको कालाबजारी नियन्त्रण तथा सिंचाई समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
सो अवसरमा पत्रकार देवराम यादव, जनमतका नेता रामगमन साह, भगवती यादव, भुपेन्द्र प्रसाद यादव, बिशेश्वर यादव, ललित यादव, हनुमान मलाह, मों ईसराइल, रामचन्द्र ठाकुर, बद्री यादवलगायतको उपस्थिती रहेको थियो ।
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
सारांश
- ती वडाका वासीद्वारा आइतबार आयोजित एक समारोहका बीच सप्तरी क्षेत्र नं.
- २ को २ का नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवलाई सम्मान गरेका हुन् ।
- स्थानिय वयोवृद्घ चुनाई यादव, हरिनारायण यादव, राजाराम यादव, मोहन यादव, प्रमिला यादव, राधेश्याम यादवलगायतले माला, अविर लगाएर नवनिर्वाचित जनप्रतिनिधि यादवलाई सम्मान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया