अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै

राजविराज राजविराज
|
शुक्रबार, माघ २०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै

सारांश

  •     अख्तियारको टोली आएर अनियमितता, भ्रष्टाचारको अनुगमन शुरु गरे पछि धमाधम होमपाइप जडान गरिएको देखिदै छ ।
  •       आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार काम नगरी बजेट सिध्याएको जनगुनासो पश्चात् अख्तियारको अनुगमन टोली आएपछि अहिले जनप्रतिनिधिहरु धमाधम पुरानो काम सम्पन्न गर्न लागिपरेका छन ।
  •       वडा न.

दैनिक समाचारदाता
राजविराज, २० माघ । 

    सप्तरीको महादेबा गाउँपालिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुदैछ ।
    अख्तियारको टोली आएर अनियमितता, भ्रष्टाचारको अनुगमन शुरु गरे पछि धमाधम होमपाइप जडान गरिएको देखिदै छ । 
    आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार काम नगरी बजेट सिध्याएको जनगुनासो पश्चात् अख्तियारको अनुगमन टोली आएपछि अहिले जनप्रतिनिधिहरु धमाधम पुरानो काम सम्पन्न गर्न लागिपरेका छन ।  
    वडा न. १ को अगाडी टोलमा जनप्रतिनिधिहरुले माटो, ग्राइभेल तथा होमपाइप जडानमा मात्रै ७० लाख हचुवाको तालमा खर्च गरेका थिए । डिहबार बाबा थान (चन्द्र नहर) देखि  बलथि गाउँको पुछार सम्ममा माटो, ग्राइभेल तथा होमपाइप जडान गर्न सो रकम बरावरको कामै नगरि सिध्याएका थिए । हाल सो कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुगमनमा टोली आएपछि घटना सार्वजनिक भएको हो । 
    तत्कालीन उपभोक्ता समितिका अध्यक्ष अमर यादव र कोषाध्यक्ष सुदिलाल सदा सहितकाहरुको मिलोमतोमा उक्त बजेट कामै नगरि सकाएको आरोप स्थानीयहरुको रहेको छ । स्रोतका अनुसार गाउपालिका स्तरीय योजना मध्ये कुल बजेट १ करोड ३० लाख मध्ये वडा न. १ मा ७० लाखको लागतमा सो वडामा काम नलाग्ने स्थानमा होमपाइप जडान गरि बजेट सिध्याउनका लागि जनप्रतिनिधिहरु लागिपरेको स्थानीय बिरेन्द्र गोइतको आरोप छ । 
    गोइतले भने “जुन ठाउँमा होमपाइप जडान गरेको छ त्यस ठाउँमा पानी निकास हुदैन तथा सिचाइको लागि पनि आवश्यकता नभएको स्थानमा बजेट सिध्याउन स्थानीय जनप्रतिनिधिहरु धमाधम होमपाइप जडान गर्दै आएका थिए ।” 
    सो आर्थिक बर्षमा महादेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब कुमार झा तथा लेखापाल हिरालाल यादवले नै उक्त रकमको भुक्तानी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?