बभनगामाका अग्निपीडितलाई क्लबले राहत वितरण ग¥यो
2075/09/01
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ लागेको आगोले पीडित बनेकाहरुलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत वितरण गरेको छ । आगलागिबाट सबै घरहरु र सम्पति जलेर नष्ट भई पीडित बनेकाहरुलाई केही राहत दिएर घाउँमा मल्हम लगाउने उद्देश्यले राहत बितरण गरेको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए । आगलागि भएकै स्थानमा अग्निपीडितहरु बिन्देश्वर साफी, प्रसाद साफी, सिकीलाल रजक र फुलिया रजकलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु, कम्बल र खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरिएको छ । .....
विस्तृत
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश
2075/09/01
राजविराज÷सवल नेपाल राजविराजको १३ औं साधारण सभाबाट सामाजिक, शैक्षिक, स्वास्थ्य र विभिन्न खाले विकृती विरुद्ध सचेतना मूलक लगायतका गतिविधिमा अझ सक्रिय रहने प्रतिबद्धतासहित शनिबार सम्पन्न भएको छ । “हाम्रो चाहना समृद्ध समाजको स्थापना” नाराका साथ सुरु भएको साधारणसभामा संस्थाका परमेश्वर झाले गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७५÷०७६ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । जस अनुसार २०७४÷०७५ मा सरसफाई प्रवद्र्धन, स्वच्छ खानेपानी, स्पन्सरसिप, बैदेशिक आप्रवासन, सम्भव परियोजना, सौर्य प्रवद्र्धन योजना, सरसफाई वजारीकरण, पहुँच परियोजना, बाढि प्रभावित पुनःस्थापना र स्मार्ट विद्यालय परियोजना लगायतका १० वटा परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । बार्षिक प्रतिवेदनमा आ.व.२०७४।७५ मा संचालित १० परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५।७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गरिएको थियो । ....
विस्तृत
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
2075/08/26
तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् । मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् । जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो. सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् । बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए । .....
विस्तृत