प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२२ पटक हेरिएको
Shares
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजना र राजविराज नगरपालिकाको सहयोग तथा समन्वयमा प्रभात फेरी कार्यक्रम तथा वृक्षारोपन गरिएको छ ।
  •       स्थानिय गजेन्द्र चौकदेखी निकालिएको प्रभात फेरी पश्चात् जिल्ला प्रशासन कार्यालय परिसरमा डिभिजन वन कार्यालय सप्तरी सहयोग तथा समन्वयमा फलफूल विरुवा वृक्षारोपण गरिएको जनाइएको छ ।
  •       प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा विभिन्न विरुवा रोपिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 

    ७३ आंै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतबार सप्तरी सदरमुकाम राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजना र राजविराज नगरपालिकाको सहयोग तथा समन्वयमा प्रभात फेरी कार्यक्रम तथा वृक्षारोपन गरिएको छ । 
    स्थानिय गजेन्द्र चौकदेखी निकालिएको प्रभात फेरी पश्चात् जिल्ला प्रशासन कार्यालय परिसरमा डिभिजन वन कार्यालय सप्तरी सहयोग तथा समन्वयमा फलफूल विरुवा वृक्षारोपण गरिएको जनाइएको छ । 
    प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा विभिन्न विरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय सप्तरी राजविराजको सहयोगमा आईतवार आँप, लिचि, मेवा, अनार लगायतका विरुवा रोपेर दिवस मनाइएको हो ।
    वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साह, राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख इसरत परविन, वन कार्यालयका सहायक अधिकृत लक्ष्मण साफीका साथै ३ वटै सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख साहले विरुवाको महत्व संसार मै बढेको बताए । उनले अनियन्त्रित वन फँडानी बढ्दै गएको र यसले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै मिली यसको संरक्षण गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह