दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ खाडो खोला नजिकबाट श्रोत नखुलेको ८६ हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक भारतीय व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको कैसुर दत्तिया ग्राम पञ्चायत निवासी ५४ वर्षिय चन्द्रशेखर ठाकुर छन् ।
शुक्रवार साँझ पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान पुरा भएपछि कार्वाहीको लागि आइतबार सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व अनुसन्धान कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रमा भारतबाट पैदलै आउँदै गरेको अवस्थामा शंका लागि तिलाठी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सप्तरीबाट खटेको संयुक्त टोलीले चेक जाँचको क्रममा श्रोत नखुलेको उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सारांश
- पक्राउ पर्नेमा भारतको बिहार राज्यको कैसुर दत्तिया ग्राम पञ्चायत निवासी ५४ वर्षिय चन्द्रशेखर ठाकुर छन् ।
- शुक्रवार साँझ पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान पुरा भएपछि कार्वाहीको लागि आइतबार सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व अनुसन्धान कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
- भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रमा भारतबाट पैदलै आउँदै गरेको अवस्थामा शंका लागि तिलाठी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सप्तरीबाट खटेको संयुक्त टोलीले चेक जाँचको क्रममा श्रोत नखुलेको उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया