विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र २८, २०७९
|
|
३३ पटक हेरिएको
Shares
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ

सारांश

  •     उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
  •       पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् ।
  • यस्तै जालसाजि र लुटपाटका चार÷चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन÷तीन, बोक्सी र कुटपिट लुटपाटका एक÷एक जना छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 

    सप्तरी प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकिएका विभिन्न अपराधका २३ जना फरार अभियक्तलाई एकै दिन पक्राउ गरेको छ । 
    उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । 
    पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् । यस्तै जालसाजि र लुटपाटका चार÷चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन÷तीन, बोक्सी र कुटपिट लुटपाटका एक÷एक जना छन् । 
    पक्राउ परेकाहरुबाट १७ लाख ३ हजार ८९ रुँपैया जरिवाना तथा २ वर्ष कैद असुल गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद सजाय तोकिएकाहरुलाई राजविराज कारागार चलान गरिएको तथा जरिवाना गरिएका हकमा असुली प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए । 
    विभिन्न अपराधमा संलग्न उनीहरुमाथी मुद्दा चलाउँदा अदालतले कैद सजाय र जरिवाना लगायतका फैसला सुनाएपछि फरार भएको प्रहरीको भनाई छ । फरार अभियुक्तहरुको संख्या सूची बढेपछि प्रहरीले खोजिकार्यलाई तिब्र बनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह