दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा सरोकारवाला कार्यालय तथा सुरक्षा निकायका प्रमुख समेतको सहभागितामा बसेको बैठकले वन क्षेत्रलाई जोगाउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय गरेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहका अनुसार बैठकले वन क्षेत्रको अतिक्रमण हटाई बृक्षारोपन क्षेत्रको बिस्तार र ब्यवस्थापन, वन डढेलो नियन्त्रण, सचेतना लगायतका चार बुँदे कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सुरुङ्गा नगरपालिका २ स्थित भलुवाई सामुदायिक वनको ब्लक नं. १ भित्र स्थानिय उपभोक्ता समूहले खेतीपाती गर्दै आइरहेकोमा उक्त क्षेत्रमा नापी कार्यालयबाट प्राविधिक टोली परिचालन गरि वन क्षेत्रको जग्गा छुट्याउने र तारबारले घेरबार गरि बृक्षारोपण कार्य बिस्तार गर्ने निर्णय गरेको छ ।
यस्तै वन क्षेत्रको नयाँ अतिक्रमण कार्यलाई पूर्णरुपमा नियन्त्रणमा लिनुका साथै वन क्षेत्रभित्र हुन सक्ने डढेलो नियन्त्रणका लागि वन कार्यालयको संयोजनमा सुरक्षा निकाय, स्थायिन निकाय र समुदायिक वन उपभोक्ता समूह लगायतका सरोकारवालाको सहयोगमा सचेतना जागरण, पर्चा पम्प्लेट टाँस तथा बितरण, वन क्षेत्रमा पानी ट्ङयांकी ब्यवस्थापन लगायतका कार्यहरु अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
बैठकमा नेपाली सेना बरख गणका गणपति दुर्गा बहादुर थापा, नापी कार्यालयका प्रमुख शत्रुहन प्रसाद यादव, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, शसस्त्र प्रहरीका नायब उपरिक्षक एकराज बुर्लाकोटी, भुमिसुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख कालीप्रसाद साह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टिकाप्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
सारांश
- डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहका अनुसार बैठकले वन क्षेत्रको अतिक्रमण हटाई बृक्षारोपन क्षेत्रको बिस्तार र ब्यवस्थापन, वन डढेलो नियन्त्रण, सचेतना लगायतका चार बुँदे कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको जानकारी दिए ।
- प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सुरुङ्गा नगरपालिका २ स्थित भलुवाई सामुदायिक वनको ब्लक नं.
- १ भित्र स्थानिय उपभोक्ता समूहले खेतीपाती गर्दै आइरहेकोमा उक्त क्षेत्रमा नापी कार्यालयबाट प्राविधिक टोली परिचालन गरि वन क्षेत्रको जग्गा छुट्याउने र तारबारले घेरबार गरि बृक्षारोपण कार्य बिस्तार गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया