वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत

राजविराज राजविराज
|
मंगलबार, श्रावण १६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत

सारांश

  •     ३१ औं प्रकाश स्मृती दिवस बैध–प्रकाश मानवअधिकार दिवसको अवसरमा मंगलबार राजविराजमा आयोजित समारोहमा उनलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सो पुरस्कारबाट सम्मानित गरेका हुन् ।
  •       यस्तै यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार राजविराज ४ निवासी कञ्चन झालाई प्रदान गरिएको छ ।
  •       प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइ बुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत भएकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 

    नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली यस वर्षको वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् ।
    ३१ औं प्रकाश स्मृती दिवस बैध–प्रकाश मानवअधिकार दिवसको अवसरमा मंगलबार राजविराजमा आयोजित समारोहमा उनलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सो पुरस्कारबाट सम्मानित गरेका हुन् । 

    यस्तै यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार राजविराज ४ निवासी कञ्चन झालाई प्रदान गरिएको छ । 
    प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइ बुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत भएकी हुन् । 
    यसअघि कार्यक्रममा सहभागि वक्ताहरुले मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उल्टै मधेश प्रदेशमा मानवअधिकार उलंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 
    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रिय सदस्य मिहीर कुमार ठाकुरले मानवअधिकार उलंघन गर्नेलाई छानबिन र कारवाही मात्रले नपुग्ने भन्दै यो प्रकृतीलाई नैं कसरी रोक्न सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक रहेको बताए । 
    इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा मानवअधिकार उलंघनका घटना बढीरहेको बताउँदै सोमबार इन्सेक सप्तरीका प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथी प्रहरीद्वारा भएको कुटपिट, जनकपुरमा दाइजोको निहुमा आरतीको हत्या, बारामा डिएसपीले आदेश गरेर दुई जनामाथी गरिएको कुटपिट मानवअधिकार उलंघनको दुःखद अवस्था रहेको बताए ।
    राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशकी प्रमुख मन्जु खतिवडाले मधेश प्रदेशका हरेकजसो जिल्लामा मानवअधिकारको उलंघन भइरहेको बताइन् ।
    कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिन, जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनरायण साह लगायतले पनि मानवअधिकार संरक्षणका लागि आफूहरुले सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव