दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
मगर र तामाङ समुदायका बिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्तामाथी कडा कारवाहीको माग गर्दै राजविराजमा सोमबार प्रदर्शन गरिएको छ ।
नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो ।
धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ । धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए ।
नेपाल मगर संघ जिल्ला समितिकी अध्यक्ष साधना राणामगर तथा नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीका अध्यक्ष सुर्यमान सिंङदान तामाङको अगुवाईमा प्रमुख जिल्ला अधिकारी थापामार्फत गृहमन्त्रीलाई पठाइएको पत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्ने जिल्ला प्रहरी परिसर टेकुका प्रमुखसहित संलग्न अन्य प्रहरीलाई कारवाही गर्नुपर्ने तथा आन्दोलनका क्रममा प्रहरीको दमनबाट घाइते भएका अदिवासी जनजातीका अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ ।
पत्रमा मगर र तामाङ समुदायबिरुद्ध विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेमाथी कारवाहीको माग गर्दै साउन १७ गते काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र नियन्त्रणमा लिएर चरम यातना दिएको उल्लेख गरिएको छ ।
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
सारांश
- नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो ।
- धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ ।
- धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया