राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गरेको छ ।
गत आ.ब. २०७९÷८० मा कृषिको विकासका लागि करिब ३ करोड खर्च गरिसकेको नगरपालिकाले चालु आ.ब. २०८०÷८१ मा यसलाई बृद्धि गर्ने तयारी समेत गरेको नगर प्रमुख बिरेन्द्र माझीले बताएका छन् ।
बैज्ञानिक ढंगले अध्ययन गरि कृषि क्षेत्र सुधारका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याइएको उनको भनाई छ । जसअन्तरगत नगर क्षेत्रभित्रका किसानका लागि कृषि मिटरको प्रबन्ध गरि कृषि प्रयोजनमा खपत हुने युनिटको सबै महसुल खर्च नगरपालिकाले नै तिर्न थालेको र यसबाट नगर क्षेत्रका २ हजार ५ सय भन्दा बढी किसान लाभान्वित भएको उनले बताए । किसानले प्रयोग गर्ने बिद्युतमा नगरपालिकाले ४० र प्राधिकरणले ६० प्रतिशत रकम लगानी गर्ने सहमति भएको उनले जानकारी पनि दिए ।
यस्तै किसानलाई प्रोत्साहन अभियान अन्तरगत किसानलाई प्याजको बिऊमा ७५ तथा आलु, गहुँ र धानको बिऊमा ५०÷५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
किसानलाई खेतीमा आकर्षित गराउन तथा प्रविधि र यान्त्रिककरण गरि उत्पादन बृद्धि गर्न सर्वसुलभ र सस्तो दरमा विभिन्न कृषि उपकरणको व्यवस्था पनि मिलाइएको उनको भनाई छ । यस योजना अन्तरगत किसानलाई सस्तो भाडा दरमा मकै, धान र गहुँ दाउनी गर्ने, कृषि औजार र उपकरण उपलब्ध गराउन थालिएको उनको कथन छ ।
उनले भौतिक संरचना निर्माणपछि क्रमशः कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । सप्तरीमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो नगरपालिका रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको अधिकांश बासिन्दाको मुख्य पेशा नै कृषि रहेको नगरपालिकाले जनाएको छ ।
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
सारांश
- यस्तै किसानलाई प्रोत्साहन अभियान अन्तरगत किसानलाई प्याजको बिऊमा ७५ तथा आलु, गहुँ र धानको बिऊमा ५०÷५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
- किसानलाई खेतीमा आकर्षित गराउन तथा प्रविधि र यान्त्रिककरण गरि उत्पादन बृद्धि गर्न सर्वसुलभ र सस्तो दरमा विभिन्न कृषि उपकरणको व्यवस्था पनि मिलाइएको उनको भनाई छ ।
- यस योजना अन्तरगत किसानलाई सस्तो भाडा दरमा मकै, धान र गहुँ दाउनी गर्ने, कृषि औजार र उपकरण उपलब्ध गराउन थालिएको उनको कथन छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया